०६ पुस २०८२
काठमाडौं- पराजित भएका नेताहरुलाई भित्तामै पुर्याउने गरी अध्यक्षमा पुनः निर्वाचित भएका केपी शर्मा ओलीले निषेधको राजनीति सुरु गरेपछि इश्वर पोखरेल पक्ष त्यसको प्रतिवादमा उत्रिएको छ । शनिबार आफ्नो समूहका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूको महाधिवेशन समीक्षा भेला गर्दै पोखरेल पक्षले पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
भेलामा लोकतान्त्रिक प्रतिस्पर्धा भनिए पनि संगठित सदस्यता वितरण, प्रतिनिधि छनोट प्रक्रियादेखि नै धाँधली सुरु गरिएको, मोर्चा फाँट, विशेष प्रदेश र क्षेत्र, मनोनीत प्रतिनिधिमा एकलौटी गरिएकाले पनि उल्लेख्य नतिजा आउन नसकेको समीक्षा गरेका थिए । पार्टीलाई निरंकुश ढंगले कब्जा गर्ने, फरक मत सुन्दै नसुन्ने, पूर्वाग्रह राखेर कुनै जिम्मेवारी नदिने, काखापाखा गर्ने व्यापक विकृति देखिएकाले त्यसका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने नेताहरूले निष्कर्ष निकालेका छन् ।
बैठकमा महाधिवेशनको लोकतान्त्रिक प्रतिष्पर्धा कति स्वस्थ भयो ? कति मयार्दित भयो? लगायतका विषयमा छलफल भएको उपमहासचिव योगेश भट्टराईले बताए। ’प्रतिनिधि छनौटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरुले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भिर प्रश्नहरु उठाएको उनको भनाइ छ । यो विषयमा पुस २६ देखि २८ सम्म बस्ने केन्द्रीय कमिटी बैठकमा समीक्षा हुने उनले बताए ।
अध्यक्ष्मा पराजित भएका नेता इश्वर पोखरेलले केपी ओलीले अहिलेसम्मका कमजोरी स्विकार्दै सुधारेर पार्टीलाई रूपान्तरणको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् । उनले जितको बलमा आत्मसमर्पण गराउन खोजिए स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । ‘हामी विभाजन अस्वीकार गर्छौँ, तर आत्मसमर्पण पनि मञ्जुर छैन,’ उनले भने, ‘म जे बोल्छु त्यही हो एमाले, सुन्दा पनि आङ सिरिंग हुन्छ । म भएन भने एमाले हुन्न यो के भनेको हो ? ’
पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजका आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रीकरणलगायतका मुद्दालाई विधिसम्मत ढंगले पार्टीका फोरममा निरन्तर उठाउने निष्कर्ष निकालिएको नेताहरूको भनाइ छ । भेलामा पोखरेलसहित महासचिवमा पराजित सुरेन्द्र पाण्डे, पूर्वउपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई, उपमहासचिवका उम्मेदवार आनन्दप्रसाद पोखरेल, सचिवका उम्मेदवार गोकुल बाँस्कोटा सहित ६१ जिल्लाको प्रतिनिधित्व गर्ने नेता–कार्यकर्ता सहभागी थिए ।
भेलामा नेताहरुले केपी ओलीको मनपरी सहेर नबस्ने भन्दै त्यसका विरुद्ध सामुहिक प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनीहरुले अध्यक्ष ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्दै सामूहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेण्डा उठाइरहने घोषणा गरेका छन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया