२३ असोज २०८२
काठमाडौँ - नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् ।
‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो ।’
उनले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन आग्रह गरे । उनले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए ।
‘सहयोग गर्न तयार छौ । हाम्रा बारेमा पनि छानबिन गर्नुस्’, उनले भने, ‘तर नेपालको १ नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस् ।’ उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न मात्रै गरेनन्, बालेन शाह र सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।’ साथै उनले युवासंघले असोज २५ गते मोटरसाईल र्याली गरेर आफ्नो शक्ति देखाउने चेतावनी दिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया