२२ वैशाख २०८३
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेता डा। शेखर कोइरालासँग छलफल गरेका छन् । पार्टीभित्रको आन्तरिक विवाद चुलिएसँगै सभापति थापाले कोइरालालाई विशेष महाधिवेशनपश्चात् पहिलोपटक भेटेका हुन् ।
काठमाडौंको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुवैजनाबीच ‘वान टु वान’ वार्ता भएको बताइएको छ । पार्टी एकताका लागि मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका कोइराला पक्षसँग पार्टी एकता र सुदृढीकरणका लागि संवाद गरेको थापाले बताएका छन् ।
पार्टीभित्रको विवाद समाधान गर्नको लागि सभापति थापाले असन्तुष्ट पक्षसँग संवाद थालेका छन् । सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग आजै भेटवार्ता गर्ने तय भएको छ । खड्कालाई महाराजगञ्जस्थित निवासमा बेलुका भेट्ने समय तय भएको देउवा पक्षका नेता मीन विश्वकर्माले जानकारी दिए । कांग्रेस सभापति थापाले वैशाख ६ गते खड्कालाई भेटेसँगै देउवा पक्षसँगको वार्ता खुला भएको छ ।
िनेता विश्वकर्माले पार्टीको झण्डा, कार्यालय, आधिकारिकता भएका पक्षले एकताका लागि पहल गर्नुपर्नेमा जोड दिए । देउवा पक्षले पार्टी एकताका लागि विभिन्न सर्त अघि सारेको छ । केही दिनअघि धुम्बाराहीस्थित एक होटेलमा खड्काको संयोजनमा बसेको भेलामा सर्त अघि सारिएको थियो । यस्तै, देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षसँग प्रस्ताव समेत माग गरेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया