२२ वैशाख २०८३
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेता डा। शेखर कोइरालासँग छलफल गरेका छन् । पार्टीभित्रको आन्तरिक विवाद चुलिएसँगै सभापति थापाले कोइरालालाई विशेष महाधिवेशनपश्चात् पहिलोपटक भेटेका हुन् ।
काठमाडौंको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुवैजनाबीच ‘वान टु वान’ वार्ता भएको बताइएको छ । पार्टी एकताका लागि मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका कोइराला पक्षसँग पार्टी एकता र सुदृढीकरणका लागि संवाद गरेको थापाले बताएका छन् ।
पार्टीभित्रको विवाद समाधान गर्नको लागि सभापति थापाले असन्तुष्ट पक्षसँग संवाद थालेका छन् । सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग आजै भेटवार्ता गर्ने तय भएको छ । खड्कालाई महाराजगञ्जस्थित निवासमा बेलुका भेट्ने समय तय भएको देउवा पक्षका नेता मीन विश्वकर्माले जानकारी दिए । कांग्रेस सभापति थापाले वैशाख ६ गते खड्कालाई भेटेसँगै देउवा पक्षसँगको वार्ता खुला भएको छ ।
िनेता विश्वकर्माले पार्टीको झण्डा, कार्यालय, आधिकारिकता भएका पक्षले एकताका लागि पहल गर्नुपर्नेमा जोड दिए । देउवा पक्षले पार्टी एकताका लागि विभिन्न सर्त अघि सारेको छ । केही दिनअघि धुम्बाराहीस्थित एक होटेलमा खड्काको संयोजनमा बसेको भेलामा सर्त अघि सारिएको थियो । यस्तै, देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षसँग प्रस्ताव समेत माग गरेको छ ।
छोरा भेट्न अस्ट्रेलिया पुगेकी नेपाली आमाको सिड्नी विमानस्थलमै निधन
विद्यालयमा बाढीले क्षति गरेपछि सामुदायिक भवनमा पठनपाठन
पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट, २० जनाको मृत्यु
जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा
नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाडी पनि सरकारले दर्ता नगर्ने
विपक्षीको आरोप : सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना भएन
सदनमा प्रधानमन्त्रीको खोजीपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख
एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो
मोदीको ब्याण्ड बजाउदै भारतमा जन्मियो कक्रोच पार्टी, प्रधानन्यायाधीश लखेट्ने, ४ दिनमै सवा करोडको साथ
यी हुन् विश्वकपमा सबैभन्दा धेरै खेल जित्ने १० टिम
प्रतिक्रिया