०३ मंसिर २०८३
काठमाडौं - सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् ।
बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भएकाले निराश नहुन आग्रह गरेकी हुन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,’ भण्डारीले भनिन्, ‘तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’
गत २१ फागुनको निर्वाचनको नतिजालाई अस्थायी धक्काको संज्ञा दिएकी छन् । ‘अहिले हामीले भोगेको धक्का अस्थायी हो,’ बरिष्ठ नेता भण्डारीले भनिन्, ‘त्यसैले निराश भएर निष्कृय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिदै नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’
गत वर्षको जेनजी आन्दोलनबाटै एमाले पंक्तिमा निराशा उत्पन्न भएको पनि उनले सम्झिएकी छन् । ‘हो, गत वर्षा भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा तथा फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा पार्टीले बेहोर्नु परेको धक्काले नेता तथा कार्यकर्तामा केही निराशा उत्पन्न गरेको हुन सक्छ,’ उनले भनिन् ।
तर विगतका धक्काहरु सम्झिएर यो चुनौतीको सामना गर्ने शक्ति आर्जन गर्न सकिने निष्कर्ष पनि भण्डारीले सुनाएकी छन् । ‘सन् १९९० को दशमा विश्व कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का व्यहोरेको अवसथामा पनि हामीले पलायनको बाटो रोजेनौं, बरु आन्दोलनलाई थप लोकप्रिय, सशक्त र व्यापक बनाउँदै अघि बढ्यौं,’ भण्डारीले भनिन् ।
गत निर्वाचनको नतिजालाई पनि सच्याउन सकिने उनको विश्वास छ । ‘हारबाट पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ भण्डारीले भनिन् ।
‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने मदन भण्डारीको भनाइ उदृत गर्दै भण्डारीले स्थानीय निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन् । ‘निकट भविष्यमा हुने स्थानीय तह सहितका निर्वाचनलाई समेत ध्यानमा राख्दै हाम्रा नीति, योजना र कार्यक्रम जनता समक्ष पुर्याउनु पर्दछ,’ भण्डारीको आग्रह छ ।
चुनावी तयारी गर्दा जनताको विश्वासलाई प्राथमिकतामा राख्न पनि उनको सुझाव छ । ‘जनताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो राजनीतिक पुँजी हो । त्यो विश्वास हाम्रो विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा ल्याउने सकारात्मक परिवर्तनबाट अवश्य आर्जन गर्न सकिन्छ,’ भण्डारीले भनेकी छन् ।
कुनै पदीय मोहले सक्रिय राजनीतिमा फर्किएको होइन : भण्डारी
यसबीच बरिष्ठ नेता भण्डारीले कुनै पदीय मोहका निम्ति सक्रिय राजनीतिमा नफर्किएको बताएकी छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले भनिन्, ‘साँच्चै भन्ने हो भने अब म कुनैपनि पदप्रति निष्पृह जस्तै भएको छु । किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु ।’
सक्रिय राजनीतिमा फर्कनुमा भने मातृ पार्टी एमालेको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्य रहेको बताएकी छन् । सात वर्षे राष्ट्रपतिको कार्यकालमा संवैधानिक दायरा र मर्यादाभित्र रहेकार काम गरेको दावी पनि गरेकी छन् ।
‘म राष्ट्रपतिको भूमिकामा रहँदा संवेधानिक दायरा र मर्यादाभित्र रहेर देश र जनताको हितमा आफूले सम्पादन गरेका असल कार्यहरु सबैका सामू छर्लङ्ग छन्,’ भण्डारीले भनेकी छन् ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया