१८ असोज २०८३
काठमाडौं - नेपाली कांग्रेसले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने भएको छ । विधान मस्यौदा समितिलाई पार्टी पंक्तिबाट आएको सुझावका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने भएको हो ।
पार्टीको नेतृत्वमा आउने चाहने आंकाक्षीहरूको सहज व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको हो । पार्टीभित्रका फरक मनोविज्ञानहरूलाई समेत समेट्नुपर्ने दबाबमा नेतृत्व परेपछि संख्या थप्न लागिएको हो ।
हाल विधानमा भएको व्यवस्थामा केन्द्रीय सदस्य २३१ जना हुने छ । पदाधिकारी १७ जना हुने विधानको व्यवस्थामा पनि संशोधन हुने भएको छ ।
पार्टी स्रोतका अनुसार उपसभापतिमा एक महिला अनिवार्य गर्ने गरी संशोधन गर्न लागिएको छ । दुई उपसभापति हुने विधानको व्यवस्थामा एक जना थप्ने गरी संशोधन गर्न लागिएको हो ।
उपसभापतिमा पनि महिला कोटा सुरक्षित गर्ने गरी विधान संशोधन गरिने भएको छ । साथै, उपसभापतिमा एक जना वरिष्ठ उपसभापतिको पद सिर्जना गर्न लागिएको छ ।
वरिष्ठ उपसभापति हुने विगतमा व्यवस्था थिएन । महामन्त्री पद भने दुई जना नै हुनेछ ।
पदाधिकारीमा सहमहामन्त्री पद पनि थप्न लागिएको छ ।
पार्टीका शीर्ष तहका नेताले दिएको जानकारी अनुसार सहमहामन्त्रीमा खुलातर्फ पनि प्रतिस्पर्धा हुने गरी नयाँ व्यवस्था राख्न लागिएको छ ।
ती नेताले भने, ‘सहमहामन्त्री समावेशिताका आधारमा र सभापतिले तीन जना मनोनीत गर्ने हालको व्यवस्था छ । यसमा संशोधन गरेर खुला तर्फ पनि सहमहामन्त्री पद राख्ने छलफल भएको छ ।’
विद्यमान व्यवस्था अनुसार जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टरमा प्रतिस्पर्धा गर्ने व्यवस्था छ । समावेशी क्लस्टरको अतिरिक्त सहमहामन्त्रीमा खुला पनि राख्न लागिएको हो ।
केन्द्रीय सदस्यको पद पनि थप सिर्जना गर्न लागिएको छ । खुलातर्फ ३५ जना हुने हालको व्यवस्थामा संशोधन गरेर संख्या थप्न लागिएको लागिएको छ । कति जना थप्नेबारे छलफलको चरणमै रहेको नेताहरूले बताएका छन्।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले २३१ केन्द्रीय सदस्यमा ६१ जना सभापतिले मनोनीत गर्ने गरी विधान बनाएको थियो ।
उक्त संख्या थपिने भएको छ । वरिष्ठ उपसभापित सहित सहमहामन्त्री, केन्द्रीय सदस्य थप्दा हुने संख्याको बारेमा मस्यौदा समिति छलफलकै क्रममा रहेको जानकारी गराइएको छ ।
३५ वर्ष मुनिबाट २१ जना, पेशातग, बुद्धिजीवी लगायतबाट छनोट हुने ७, जनसम्पर्क समितिबाट चयन हुने ६ जनाको व्यवस्थामा भने संशोधन नहुने जानकारी गराइएको छ ।
विधान संशोधन मस्यौदा समितिले तयार गरेको विधान पार्टीमा पेश हुनेछ । केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि महाधिवेशन हलले पारित गर्नेछ ।
महामन्त्री पौडेल रहेको विधान संशोधन मस्यौदा समितिमा जीवन परियार, इश्वरी न्यौपाने, राजिव ढुङ्गाना सदस्य छन् भने सदस्य सचिवमा प्रताप पौडेल छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया