०४ चैत २०८२
काठमाडौं- इतिहासकै शक्तिशाली पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरुलाई ट्युसन पठाउँदै कठोर नियममा बाध्ने प्रष्ट संकेत दिएको छ । सभापति रवि लामिछानेले मुखमा लगमा नलगाने र जथाभावि प्याच्च बोल्ने, अरुलाई होच्याउने, मन्त्री बन्न वा भाग खान दौडधुप गर्ने, पार्टीमा गुट बन्दी गर्ने काम गरेर कडा कारबाही गर्ने कडा निर्देशन जारी गरेका छन् । मन्त्री बन्न कहीँकतै दौडधुप नगर्न अपिल गर्दै उनले घरघर धाउने, चाकडी गर्ने काम बन्द गर्न चेतावनी दिएका छन् ।
रास्वपा सांसदहरुका लागि पार्टीले राखेको दुई दिने अभिमुखीकरणको समापन क्रममा बुधबार सभापति लामिछानेले जित्नु भनेको छाडा हुनु होइन, पुराना नेता र दलको त्याग नभुल्न प्रष्ट रुपमा निर्देशन दिएका छन् । सत्ता प्राप्तिपछि पुराना दलले जस्तो जनतालाई वेवास्ता नगर्न अपिल गर्दै उनले पुराना दललाई ३६ वर्ष कुरे आफूहरुलाई ३६ दिन नकुर्ने चेतावनी दिए । अब यो वा त्यो भनेर बाहाना गर्ने कुनै गुन्जायस नभएको भन्दै जनताले दिएको दाहित्व पुरा गर्न खरो उत्रिन र सांसद्हरु सहर होइन आफ्नो गाउँमा खटिन उनले अपिल गरे ।
बालेन अनुपस्थित भएको सांसद् अभिमुखिकरण तालिममा सभापति लामिछानेले पार्टीमा गुटबन्दी गरे आफूहरूको हालत कांग्रेस–एमालेको भन्दा खराब हुने समेत चेतावनी दिए । रास्वपामा बालेन र रवि पक्षधर भनेर चर्चा भइरहदा उनले सांसद्हरुलाई सचेत गराएका छन् । आफूहरुले काम गरे देखाउनै पर्ने स्थिति भएका ले यो वा त्यो बाहाना चल्ने पनि प्रष्ट पारे।
सेड्युल प्याक छ भन्दै बालेन उपस्थित नभएको रास्वपाका सांसद्हरुको तालिमको समापनमा निकै जिम्मेवार रुपमा प्रस्तुत भएका रविले आफ्ना सांसद्हरुलाई ज्यादा नहौसिन र काम मार्फत प्रमाणित गरेर देखाउन सचेत गराएका छन् ।
यस्ता छन् रविले गरेको सम्बोधनको मुख्य १० बुँदा
१० संसारको कुनै पनि देशले विरलै पाउने यो अवसर तपाईं हामीले प्राप्त गरेका छौं। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं।
२० यो सामान्य परिस्थितिले आएको होइन, स–साना भाइबहिनीहरूले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरौं।
३० अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस्।
४० मलाई सोध्नुहुन्छ भने मेरो लागि विकासको सूचक भनेको सामाजिक न्याय हो। सोसल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ।
५० कर्णालीमा बाटो पुग्यो कि पुगेनरु कर्णालीमा अस्पताल बन्यो कि बनेनरु कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न प¥यो कि परेनरु मधेसमा, भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेनरु स्वच्छ खानेपानी पुग्यो कि पुगेनरु बालबालिकाहरूले पोषण पाए कि पाएनन्रु विकासको सूचक यो हो। तपाईंहामीले सोचेको विकास यही हुनुपर्ने छ।
६० सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानको निमित्त अहोरात्र काम गर्नेछौं।
७० इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको मात्रै हात हुँदैन। देश यहाँसम्म आइपुग्नुमा पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्याको पनि उतिनै ठूलो भूमिका छ । उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन।
८० विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरुलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन। त्यो लोकतन्त्रको चरित्र होइन।
९० म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु। वर्तमान व्यवस्था, वर्तमान संविधानमा प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामथ्र्य पुग्दा केही न केही सुधार हुनसक्छ ।
१०० मुलुक नया मान्छेहरूको हातमा गयो कहीँ अप्ठ्यारोमा पर्छ कि, लोकतन्त्र पो खतरामा पर्छ कि, कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका भ्रम या आशंकाहरू कतै कतै भएको छ। ढुक्क हुनुस हामी जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ अत्यन्त सौहार्दका साथ करुणाका साथ र अत्यन्त चनाखो भएर काम गर्नेछौं।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया