१२ कात्तिक २०८२
काठमाडौं– भ्रष्टाचारका फाइलहरु खोल्न नसकेपनि सरकार भ्रष्टाचारको आरोपीविरुद्ध कठोर बनेको छ। भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ ।
सरकारले नेपाललाई १६ जना सशस्त्र र २ जना जनपथ प्रहरी सुरक्षामा खटाएको थियो । अब पूर्वप्रधानमन्त्री नेपाल सुरक्षाकर्मी बिहिन भएका छन् । २०६७ मा प्रधानमन्त्री बनेका उनले १५ वर्षदेखि निरन्तर सुरक्षाकर्मीको उपभोग गर्दै आएका थिए ।
सरकारले भ्रष्टाचारको अभियोग लागेकाहरूको सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गर्दै पूर्वप्रधानमन्त्री नेपालको सुरक्षाकर्मी फिर्ता गरेको गृहमन्त्रालय स्रोतले बताएको छ। नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई दोषी करार गर्दै गत जेठ २२ गते वशेष अदालतमा भ्रष्टाचारको मुद्धा दर्ता गरेको थियो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया