०४ माघ २०८२
काठमाण्डौ – प्रतिनिधि सभाको चुनाव आउन अब ४६ दिन बाँकी छ भने प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा चुनावको कार्यतालिका अनुसार पर्सि मङ्गलवार प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयन हुँदैछ ।
मनोनयन दर्ताको समय नजिकिएसँगै दलहरुको सक्रियता पनि बढेको छ । चुनावकै मुखमा विभाजन खेप्नुपरेको नेपाली कांग्रेसले उम्मेदवार छनौट गर्न सूचीलाई छोट्याउने काम गरिरहेको जनाएको छ । विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिले यसअघि नै सिफारिस भइसकेका नामबाट उम्मेदवार छान्ने तयारी गरेको जनाएको छ ।
दोस्रो ठूलो दल नेकपा एमालेले हिजो बसेको सचिवालय बैठकबाट १ सय ६५ मध्ये १ सय ४१ निर्वाचन क्षेत्रमा उमेदवार छनोट गरेको छ । बाँकीमा छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
नेपाली कम्यूनिष्ट पार्टी ९नेकपा०ले २१ निर्वाचन क्षेत्र र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले ८ निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरेका छन् । पर्सि उम्मेदवार मनोनयन गर्ने दिन भएकाले दलहरुले भोलिसम्ममा उम्मेदवार छनौट गरिसक्नेछन् । उम्मेदवार छनौटसँगै वातावरण थप चुनावमय हुनेछ ।
निर्वाचन आयोगले पनि चुनावको तयारीलाई तीब्र बनाएको छ । ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले आज समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गर्नेछ । जसमा उम्मेदवार कानूनी रूपमा अयोग्य रहेको भएमा दाबी विरोध दिन सकिनेछ । समानुपातिकतर्फको अन्तिम सूची भने आउँदो २० गते सार्वजनिक गर्ने कार्यतालिका छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तयारीका हिसाबले चुनावको काम ९० प्रतिशत सकिएको बताए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया