०४ माघ २०८२
काठमाण्डौ – प्रतिनिधि सभाको चुनाव आउन अब ४६ दिन बाँकी छ भने प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा चुनावको कार्यतालिका अनुसार पर्सि मङ्गलवार प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयन हुँदैछ ।
मनोनयन दर्ताको समय नजिकिएसँगै दलहरुको सक्रियता पनि बढेको छ । चुनावकै मुखमा विभाजन खेप्नुपरेको नेपाली कांग्रेसले उम्मेदवार छनौट गर्न सूचीलाई छोट्याउने काम गरिरहेको जनाएको छ । विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिले यसअघि नै सिफारिस भइसकेका नामबाट उम्मेदवार छान्ने तयारी गरेको जनाएको छ ।
दोस्रो ठूलो दल नेकपा एमालेले हिजो बसेको सचिवालय बैठकबाट १ सय ६५ मध्ये १ सय ४१ निर्वाचन क्षेत्रमा उमेदवार छनोट गरेको छ । बाँकीमा छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
नेपाली कम्यूनिष्ट पार्टी ९नेकपा०ले २१ निर्वाचन क्षेत्र र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले ८ निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरेका छन् । पर्सि उम्मेदवार मनोनयन गर्ने दिन भएकाले दलहरुले भोलिसम्ममा उम्मेदवार छनौट गरिसक्नेछन् । उम्मेदवार छनौटसँगै वातावरण थप चुनावमय हुनेछ ।
निर्वाचन आयोगले पनि चुनावको तयारीलाई तीब्र बनाएको छ । ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले आज समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गर्नेछ । जसमा उम्मेदवार कानूनी रूपमा अयोग्य रहेको भएमा दाबी विरोध दिन सकिनेछ । समानुपातिकतर्फको अन्तिम सूची भने आउँदो २० गते सार्वजनिक गर्ने कार्यतालिका छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तयारीका हिसाबले चुनावको काम ९० प्रतिशत सकिएको बताए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया