३० कात्तिक २०८३
काठमाडौं- राज्यको खर्चमा मोजमस्ती गर्ने, लर्को लागेर विदेश घुम्ने। पुरानो सत्ता हुँदाको सबैभन्दा घातक रोग थियो यो। किनकी काम न काज, राज्यको खर्चमा विदेश घुम्ने मात्रै होइन राज्यसँगै भत्ता असुल्ने काम समेत यीनले गर्दै आएका थिए ।
अहिलेका सांसद र मन्त्रीहरुले पनि ठिक यहि रबैया देखाइरहेका छन्। अनावश्यक खर्च कटौती गर्ने, मितव्ययिता अपनाउने र राज्यको ढुकुटीको सदुपयोग गर्ने कसम खाएको रास्वपा र बालेन सकारलाई गिज्याउने गरी मन्त्री र सांसदहरु हुल बाँधेर विदेश सयरमा हिडेका छन्।
एकजना मन्त्री गए पुग्ने कार्यक्रममा हुल बाँधेर ५ जना मन्त्री पुगेका छन्। सांसदहरु घुम्न, सेल्फी खिच्न र भत्ता पचाउनकै लागि विदेश हानिएका छन् । मन्त्री तथा सांसदहरूको एक टोली संयुक्त राष्ट्रसंघीय ३१ औँ जलवायु सम्मेलन ९कोप–३१० मा भाग लिन टर्कीको अन्तालियामा छ। कृषिमन्त्री गीता चौधरीसहित पाँच जना मन्त्री तथा केही सांसद टर्की गएका हुन्। त्यसमध्ये केही फर्किसकेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल कोपमा सहभागी भई सम्बोधन समेत गरेर शनिबार नेपाल फर्किसकेका छन् भने कृषिमन्त्री चौधरीसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आइतबार स्वदेश फर्किएका छन्। शिक्षामन्त्री सस्मित पोखरेल भने अन्तालियामै छन्। स्वास्थमन्त्री निशा मेहता पनि सम्मेलनस्थलमा पुगेर श्रीलंका हुँदै नेपाल फर्किसकेकी छन्।
मन्त्रीबाहेक कोप सम्मेलनमा सहभागी हुन सांसदहरू आशिष गजुरेल, सुम्निमा उदास, श्रीराम न्यौपाने, सागर ढकाल, कमल सुवेदी, अशोककुमार चौधरी, अर्जुनकुमार कार्की, धर्म केसी, परशुराम तामाङ, प्रमिलाकुमारी गच्छदार, राम लामा, राजेन्द्रलक्ष्मी गैरे, राधिका रम्तेल लगायत अन्तालिया पुगेका छन्।
यी बाहेक कोपमा औपचारिक नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका सदस्यदेखि सचिवहरुसम्मको लर्को लागेको छ। कोप सम्मेलनमा यतिका धेरै मन्त्री, सांसद र कर्मचारी लर्को लागेर गएपनि नेपालले राखेको हिमाली मुद्दालाई छुट्टै औपचारिक एजेन्डा बनाउने प्रस्ताव भने अस्वीकृत भएको छ।
उता, आइतबारमात्रै सत्तारुढ दल रास्वपाका २० जना सांसद सम्मिलित प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक चीन भ्रमणमा निस्केको छ। महामन्त्री विपीन आचार्यको नेतृत्वमा गएको सांसदहरूको टोली सिचुआन प्रान्तबाट भ्रमण सुरु गर्दै राजधानी बेइजिङ पुगेर ११ दिपछि स्वदेश फर्किने जनाइएको छ।
यस्तै गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनका लागि यूएई गएका छन्। कानुनमन्त्री सोविता गौतम नेदरल्याण्ड, पर्यटनमन्त्री खडकराज पौडेल बेलायत र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतार भ्रमण गरी फर्किएका छन्। यस्तै, सांसदहरू डा। तोषिमा कार्की फिलिपिन्स, रञ्जु दर्शना र शोभा खनाल मलेसिया र क्रान्तिशिखा धिताल अमेरिका पुगेका छन्।
मन्त्री र सांसदहरूको एकपछि अर्को विदेश भ्रमण सार्वजनिक भइरहँदा सत्तारुढ दल रास्वपाकै तीन जना सांसदले सार्वजनिक रूपमै खर्चको स्रोत र भ्रमणको औचित्यमाथि प्रश्न उठाएका छन्। कोप सम्मेलनमा जानेहरूको लर्को लागेको उल्लेख गर्दै सांसद गणेश कार्कीले सामाजिक सञ्जालमार्फत सहभागीहरू सरकारी खर्चमा गएका हुन् वा व्यक्तिगत खर्चमा भन्ने सार्वजनिक गर्न माग गरेका छन्।
आफ्नै पार्टी र संसदीय समितिभित्रका सदस्यहरूलाई समेत जानकारी नदिई सुटुक्क विदेश जाने प्रवृत्तिप्रति सांसद आशिका तामाङले आश्चर्य व्यक्त गरेकी छिन्। राज्यको लाखौँ खर्च गरेर गरिएको भ्रमणबाट जनताले पाउने उपलब्धि स्पष्ट पार्नुपर्ने भन्दै उनले सामाजिक सञ्जालका अपडेट हेर्दा भ्रमण केवल समुद्री तटमा फोटो खिच्न र टिकटक बनाउनमा सीमित देखिएको टिप्पणी गरेकी छिन्।
अर्की सांसद ज्वाला संग्रौलाले हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहित विपरीत भएको बताएकी छिन्। सम्बन्धित मुलुकले विज्ञका रूपमा खर्च व्यहोरेर बोलाएको भए ठीकै हुने, तर राज्यको ढुकुटी खर्च गरेर हिजो अरूले गर्दा गलत हुने काम आज आफूहरूले गर्दा सही नहुने उनको तर्क छ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा देशको प्रतिनिधित्व गर्नु, कूटनीतिक सम्बन्ध विस्तार गर्नु र वैश्विक नीति निर्माणमा सहभागी हुनु राज्यको नियमित प्रक्रिया हो। तर, एकैपटक ठूलो संख्यामा मन्त्री र सांसदहरू विदेशिदा राज्यको स्रोतमा पर्ने भार, भ्रमणको वास्तविक आवश्यकता र त्यसबाट देशले प्राप्त गर्ने ठोस उपलब्धिबारे प्रश्न उठ्नु स्वाभाविक हो। विशेषगरी विगतका अभ्यासहरूमाथि प्रश्न उठाउँदै राजनीतिमा आएको दलभित्रैबाट पारदर्शिता र मितव्ययिताको आवाज उठ्नुले यो विषयलाई अझ संवेदनशील बनाएको छ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया