०७ मंसिर २०८२
काठमाडौं - नेपाल र चीनबिचको प्रमुख व्यापारिक नाका केरुङ करिब पाँच महिनादेखि ठप्प छ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङ नाका पूर्ण रूपमा बन्द भएको हो ।
बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।
नाका ठप्प हुँदा व्यवसायीहरू मारमा परेका छन् । नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू बाढीपछि चीनतर्फ नै अड्किएका कारण ढुवानी सञ्चालन हुन सकेको छैन । जसका कारण व्यवसायीहरूले आर्थिक संकट झेली रहनु परेको छ ।
यसरी नाका क्षेत्र महिनौँदेखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य थियो । तर, झन्डै १४ अर्ब राजस्व गुम्न पुगेको छ।
काठमाडौंबाट करिब १३२ किमीको दुरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौँ ठूलो भन्सार कार्यालयको रूपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुँदै गएको यो नाका अहिले ठप्प छ ।
चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपाल तर्फ अवरोध भयका सडकहरू खुली सकेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया