०७ मंसिर २०८२
काठमाडौं - नेपाल र चीनबिचको प्रमुख व्यापारिक नाका केरुङ करिब पाँच महिनादेखि ठप्प छ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङ नाका पूर्ण रूपमा बन्द भएको हो ।
बाढीका कारण नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् ।
नाका ठप्प हुँदा व्यवसायीहरू मारमा परेका छन् । नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू बाढीपछि चीनतर्फ नै अड्किएका कारण ढुवानी सञ्चालन हुन सकेको छैन । जसका कारण व्यवसायीहरूले आर्थिक संकट झेली रहनु परेको छ ।
यसरी नाका क्षेत्र महिनौँदेखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ५३ करोड राजस्वको संकलन लक्ष्य थियो । तर, झन्डै १४ अर्ब राजस्व गुम्न पुगेको छ।
काठमाडौंबाट करिब १३२ किमीको दुरीमा पर्ने यो नाका राजस्व संकलनको हिसाबले देशको पाँचौँ ठूलो भन्सार कार्यालयको रूपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुँदै गएको यो नाका अहिले ठप्प छ ।
चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपाल तर्फ अवरोध भयका सडकहरू खुली सकेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया