०६ भदौ २०८२
काठमाडौं – श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ परेका छन् । सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा पूर्वराष्ट्रपति विक्रमसिङ्घेलाई आज प्रहरीले पक्राउ गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
विक्रमसिङ्घेलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गरिने र सरकारी स्रोतहरू व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरिने प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
पूर्वराष्ट्रपति विक्रमसिङ्घे सन् २०२३ को सेप्टेम्बर महिनामा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कँदै गर्दा बेलायतको यात्रामा रोकिएका थिए । त्यस क्रममा उनी र उनकी श्रीमती मैत्री वुल्भरह्याम्प्टन विश्वविद्यालयमा आयोजित एक समारोहमा सहभागी भएका थिए ।
विक्रमसिङ्घेले त्यो यात्रा व्यक्तिगत भएको र श्रीमतीकासम्पूर्ण खर्चहरू निजी स्रोतबाट बेहोरेको दाबी गर्दै आएका छन् । तर प्रहरीको अपराध अनुसन्धान विभागले भने विक्रमसिङ्घेमाथि त्यस यात्राका लागि सरकारी खर्च प्रयोग गरिएको साथै त्यस क्रममा सुरक्षाकर्मीहरूको तलब तथा खर्च पनि सरकारी ढुकुटीबाट बेहोरेको आरोप लगाएको खबरमा उल्लेख छ ।
विक्रमसिङ्घे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए । गोटाबायाको शासनकालमा व्यापक जनप्रदर्शन, भ्रष्टाचार र कुशासनको आरोप लागेको थियो ।
राष्ट्रपतिको कार्यकालमा विक्रमसिङ्घेले देशको अति गम्भीर आर्थिक सङ्कटलाई केही हदसम्म सम्हाल्न सफल भएका थिए । तर सन् २०२५ को सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतिको पुनः चुनावमा उनी पराजित भएका थिए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया