०६ भदौ २०८२
काठमाडौं – श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ परेका छन् । सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा पूर्वराष्ट्रपति विक्रमसिङ्घेलाई आज प्रहरीले पक्राउ गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
विक्रमसिङ्घेलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गरिने र सरकारी स्रोतहरू व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरिने प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
पूर्वराष्ट्रपति विक्रमसिङ्घे सन् २०२३ को सेप्टेम्बर महिनामा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कँदै गर्दा बेलायतको यात्रामा रोकिएका थिए । त्यस क्रममा उनी र उनकी श्रीमती मैत्री वुल्भरह्याम्प्टन विश्वविद्यालयमा आयोजित एक समारोहमा सहभागी भएका थिए ।
विक्रमसिङ्घेले त्यो यात्रा व्यक्तिगत भएको र श्रीमतीकासम्पूर्ण खर्चहरू निजी स्रोतबाट बेहोरेको दाबी गर्दै आएका छन् । तर प्रहरीको अपराध अनुसन्धान विभागले भने विक्रमसिङ्घेमाथि त्यस यात्राका लागि सरकारी खर्च प्रयोग गरिएको साथै त्यस क्रममा सुरक्षाकर्मीहरूको तलब तथा खर्च पनि सरकारी ढुकुटीबाट बेहोरेको आरोप लगाएको खबरमा उल्लेख छ ।
विक्रमसिङ्घे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए । गोटाबायाको शासनकालमा व्यापक जनप्रदर्शन, भ्रष्टाचार र कुशासनको आरोप लागेको थियो ।
राष्ट्रपतिको कार्यकालमा विक्रमसिङ्घेले देशको अति गम्भीर आर्थिक सङ्कटलाई केही हदसम्म सम्हाल्न सफल भएका थिए । तर सन् २०२५ को सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतिको पुनः चुनावमा उनी पराजित भएका थिए ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया