२२ असोज २०८३
काठमाडौँ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी भएकी छिन् । भण्डारीलाई असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।
उनी २०७२ मा राष्ट्रपति भएपछि त्यसयता उनी एमाले बैठकमा सहभागी हुन पाएकी थिइनन् । दुई पटक गरी २०७९ मा राष्ट्रपतिको कार्यकाल पुरा गरेकी भण्डारी यसअघि नै एमाले राजनीतिमा सक्रिय हुन चाहेकी थिइन् ।
गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेन्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो । फुकुवा गरेसँगै उनी एमालेको राजनीतिमा सक्रिय हुन थालेकी हुन् ।
पार्टी कार्यालय च्यासलमा भण्डारीले बरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ ।
केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि स्थायी कमिटी बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया