१९ भदौ २०८२
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो ।
समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनको साइडलाइनमा संक्षिप्त भेट भएको थियो ।
पछिल्लो समय चीन र भारतले लिपुलेकको प्रयोगबारे एकपक्षीय सम्झौता गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला नयाँ दिल्ली रुष्ट बनेको समाचारमा उल्लेख छ । यसअघि ओलीले गत शनिबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसमक्ष यसबारे कुरा राखेका थिए ।
भारत अधिनस्थ लिपुलेकमा नेपालको दाबीलाई नयाँ दिल्लीले अस्वीकार गर्दै आएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया