२९ असोज २०८२
काठमाडौं- केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड एक दशकभन्दा लामो समयदेखि पालै पालो प्रधानमन्त्रीको कुर्सीमा बस्दै आएका यी तीन नेता जेनजीको सबैभन्दा ठूलो टार्गेटमा थिए । र, जेनजीको आन्दोलनपछि लखेटिएका यी तीन नेता अहिले तीन चालमा देखिएका छन् । आन्दोलनपछि ओली देउवा र प्रचण्ड, कसले के रणनीति अंगिकार गरे ? को कस्ता देखिए ?
कांग्रेस सभापति शेरबहादुर देउवा– सोझा, विवेकशील, र परिवर्तनलाई बुझ्न खोज्ने
देउवा जेनजी आन्दोलनलाई सबैभन्दा नजिक महशुस गरेका नेता हुन् । जो आन्दोलनका क्रममा आफ्नै निवासमा कुटिएका थिए । आन्दोलनका ३५ दिनपछि सार्वजनिक भएका उनले कसैलाई दुरवचन नगरी सक्रिय राजनीतिमा अलग हुने घोषणा गरेका छन् । उनको यो घोषणाले उनलाई विवेकशील मात्रै होइन भविष्यलाई बुझ्न सक्ने नेताको रुपमा परिचित गराउन सक्छ ।
उनको निर्णय राजनीतिबाट केही दूरी राख्ने र भविष्यमा सकारात्मक छवि निर्माण गर्ने उद्देश्यको संकेत हो। यसले देखाउँछ कि उनी ढिलै भएपनी प्रधानमन्त्री हुने सत्ताको लालसाबाट मुक्त भइ, आफ्ना स्वास्थ्य र व्यक्तिगत रणनीतिमा ध्यान दिन थालेका छन्। यो उनले गरेको एउटा महत्वपूर्ण रियलाइजेसन हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली – अहंकारी, प्रतिशोधी र अधीर
जेनजी आन्दोलनपछि पनि ओलीमा अहंकारको अंश घटेको देखिदैन् । आन्दोलनपछि पहिलो पटक सार्वजनिक रुपमा भाषण गर्दा नै उनले क्रान्तिपछि बनेको सरकारलाई हाहुको सरकार भनेर हेप्ने मात्रै काम गरेनन् । जेन–जी आन्दोलन ’विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रमा भएको’ न्यारेटिभ स्थापित गर्न खोजिरहेका छन् । उनी अझै पनि राजनीतिमा सक्रिय हुने मात्रै होइन पार्टी नेतृत्व नै नछाड्ने अडान प्रस्तुत गरिरहेका छन् ।
ओली अहिले अधीर र सत्ता गुम्दाको छट्पटिमा देखिन्छन् । उनी चुनावलाई बहिष्कार गर्दै संसद् पुर्नस्थापनाको माग लिएर पार्टीलाई आन्दोलनमा होम्न खोज्दैछन् । अंहकारी र प्रतिशोधी नेताको छवि बनाएका ओली अहिले पनि आफ्नो प्रभाव देखाउन खोजिरहेका छन्। उनको यो शैलीले तत्काल उनलाई प्रभावशाली देखाए पनि दीर्घकालीन रूपमा चुनावी दण्ड, जनता असन्तोष, आन्तरिक पार्टी विवाद र राजनीतिक जोखिमको बृहत् खतरा बोकेको छ। ओलीको नेतृत्वमा भित्री इख र अवसरवादी दण्ड प्रणालीले उनलाई व्यक्तिगत सन्तुष्टि दिन सक्छ, तर राज्य र पार्टीमा दीर्घकालीन प्रभाव हानिकारक हुनेछ।
पुष्पकमल दाहाल प्रचण्ड – चतुर र सक्रिय रणनीतिकार
जेन–जी आन्दोलनका क्रममा प्रचण्डले आफूले संविधान निर्माणअघि नै राखेका नोट अफ डिसेन्टहरू ‘सार्वजनिक चेतावनी’ वा ‘सही कदम’ जस्ता भाष्यमा परिणत गराए। यो रणनीति उनलाई बुद्धिमान र चतुर देखाउँछ। आन्दोलनपछि उनले पहिलो कदम आफ्नै पार्टीको पुनर्संरचना र विघटन गर्दै सबैभन्दा बढी सक्रियता देखाए। यसले देखाउँछ कि प्रचण्ड राजनीतिक अवसर र अवस्था अनुसार छिटो अनुकूल हुने नेता हुन्, जो लामो समयका लागि आफ्नो प्रभाव कायम राख्ने सोचका साथ चल्छन्।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया