०२ भदौ २०८२
काठमाडौं–सरकारले कारबाही गरेको कम्पनीलाई नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालले चमेनागृह सञ्चालनको ठेक्का दिएको छ ।
सैनिक अस्पताल छाउनीमा चमेनागृह सञ्चालनका लागि गएको महिना गरिएको टेण्डरमा २० भन्दा बढी कम्पनीले आवेदन पेश गरेका थिए ।
बोलपत्र पेश गरेकामध्ये ३ कम्पनीलाई सर्टलिटमा छनोट गरिएको थियो । सर्टलिष्टमा परेकामध्ये सेनाको अस्पतालले ‘सुनिल क्यान्टिन एण्ड खुद्रा कपडा पसल’लाई छनोट छनोट गरेको छ । सुनिल क्यान्टिनले बजार मूल्यभन्दा धेरै सस्तोमा बोलपत्रमा दररेट पेश गरी ठेक्का लिने र सम्झौतापछि महँगोमा खाना र खाजा बिक्री गर्ने भनेर बदनाम भइसकेको छ ।
उसले ठेक्का लिएका अस्पतालहरुमा सुनिलले गुणस्तरहीन र महंगो दरमा खाना र खाजा बेच्ने गरेकोमा पटक पटक कारबाहीमा परिसकेको छ । सुनिल क्यान्टिनले ठेक्का लिएका अस्पतालहरुका चमेनागृहमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले अनुगमन गर्दा समेत कैफियत भेटिएका गुनासा नसुनी सेनाले विवादित कम्पनीलाई ठेक्का दिएको छ ।
सुनिल क्यान्टिनले हेटौँडाको सरकारी अस्पतालको चमेनागृह सञ्चालन गरिरहेको छ । उक्त अस्पतालमा सञ्चालित चमेनागृह मापदण्ड र सम्झौताबिपरीत सञ्चालन भएको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको बाणिज्य कार्यालयका प्रतिनिधिसहितको टोलीले ३ लाख जरिवाना १५ दिनभित्र बुझाएर त्यसको भौचर पेश गर्न आदेश दिएको थियो । २०८२ असार १५ गते निर्देशन दिएको भए पनि उक्त फर्मले आजसम्म सरकारी जरिवाना नतिरी अटेर गरी बसेको छ ।
मकवानपुर प्रशासनले दिएको लिखित निर्देशनमा १५ दिनभित्र सम्बन्धित निकायबाट संस्था बिस्तारको अनुमति लिई ब्यवसाय सञ्चालन गर्न, छुट्टै बिक्रीस्थल निर्धारण गरेकोबाहेक चमेनागृहबाट कपडा लगायत अन्य कुनै पनि बस्तुको बिक्रीबितरण नगर्न, मूल्यसूचीमा चमेनागृहमा पाइने सबै बस्तु तथा सेवा समेट्न, चमेनागृहबाट हुने सबै ब्यापारीक कारोबारको बिलबिजक अनिवार्य रूपमा जारी गर्न लिखित निर्देशन दिएको थियो ।
तर लिखित पत्र पाएपछि शक्तिकेन्द्र रिझाउन दौडेका उक्त फर्मका सञ्चालक सुनिल साह र उनका भाइ बिजय साहले सरकारको निर्देशन अटेर गर्दैआएका छन् । १५ दिनभित्र बुझाउनुपर्ने जरिवानासमेत बुझाएका छैनन् । उल्टै जरिवाना नतिर्ने सुनिल क्यान्टिनलाई नै नेपाली सेनाले चमेनागृह सञ्चालनको ठेक्का दिएको छ ।
उचित र मनासिब मूल्य कबोल गर्ने फर्मलाई चमेनागृह सञ्चालन गर्न दिने बोलपत्रमा सर्तका रूपमा उल्लेख गरिएको थियो । तर सुनिलले बजारभाउभन्दा अति न्यून र अस्वभाविक दररेट पेश गरेको भए पनि उक्त फर्मलाई नै चमेनागृह सञ्चालनको ठेक्का दिएर सेनासमेत विवादमा मुछिएको छ । सिपाहीको गाँस काटेर जम्मा भएको सैनिक कल्याणकारी कोषबाट सञ्चालित उक्त अस्पतालको चमेनागृह सञ्चालनको ठेक्कामा विवाद सृजना गरेर सेनाले गरेको छ ।
सो टेण्डर प्रक्रियामा अस्पतालका निर्देशक प्रा सहायकरथी डा। भुवन कुँवर नै संलग्न भएको र उनले बजारमा उपलब्ध हुन नसक्ने मूल्य पेश गरेको फर्मलाई के आधारमा क्यान्टिन सञ्चालन दिए खोजीको विषय भएको छ । कम मूल्य उल्लेख गरेर टेण्डर कब्जा गर्ने, ठेक्का पाइसकेपछि त्यो सामान बोलपत्रमा पेश गरेको मूल्यमा बजारमा नपाइएको वा मूल्यबृद्धि भएको कारण देखाउँदै सेवाग्राहीसँग चर्को मूल्य असुल्ने काम सुनिल क्यान्टिनले सञ्चालन गरेका पोखरा र हेटौँडामा हुने गरेको गुनासो छ ।
एमाले र नेपाली कांग्रेसका नेताहरूलाई प्रभावमा पार्दै बिजय साहले अति न्यून रेटमा बोलपत्र पेश गरी सेनाको क्यान्टिन कब्जा गरेका छन् । फर्मका सञ्चालक साहले श्रीमतीका नाममा फर्म दर्ता गरी आफू सञ्चालक भएको बताउने गरेका छन् । सेनाको क्यान्टिन कब्जा गर्नका लागि आफूले आधा करोड भन्दा बढी सेटिङमै खर्च गरेको बताउँदै हिंड्नुले पनि टेण्डर प्रक्रिया पारदर्शी नभएको आशङ्का गर्न थालिएको छ ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया