०६ पुस २०८२
रास्वपाबाट सांसद बन्न खोजेकी गोल्छाको नाम समानुपातिक सूचीबाट आउट, छलफल भइनन् सहभागी
काठमाडौं- अर्बपति ब्यापारी गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा रास्वपाको सामानुपातिकतर्फको सांसद् बन्ने सूचीबाट आउट भएकी छिन् । उम्मेदवार बन्न निवेदन दिएकी उनी प्राइमरी इलेक्सनको प्रतिस्पर्धाबाटै बाहिरिएकी हुन् ।
शनिबार आयोजित ‘आकांक्षीहरुसँगको छलफल’ मा उनी सहभागी नभएपछि सूचीबाट नाम हट्ने भएको हो । रास्वपाले बिहीबार समानुपातिक उम्मेदवार बन्न आवेदन हालेका ३५२ जनाको सूची सार्वजनिक गरेको थियो, जसमा राजलक्ष्मी गोल्छाको पनि नाम थियो । तर, कोशी प्रदेशबाट आवेदन दिएकी उनी शनिबार भएको छलफलमा सहभागी नै भैइनन् । शनिबार बिहान इटहरीमा पार्टी प्रतिनिधिसँग भएको छलफल उनी सहभागी नभएको रास्वपाका नेताहरुले बताएका छन् ।
उनले आफू उपस्थित नहुनेबारे कुनै जानकारी पनि नदिएको बताइएको छ । छलफलमा सहभागी नहुने व्यक्तिहरुको उम्मेदवारी प्रक्रिया स्वतः खारेज रास्वपाले जनाएको छ। रास्वपाले जारी गरेको सूचनामा भनिएको छ, ‘विशेष अवस्थामा सचिवालयले अनुमोदन गरेको हकमा बाहेक सहभागी नहुने व्यक्तिहरुको उम्मेदवारी प्रक्रिया स्वतः खारेज हुनेछ ।’ यस सूचना बमोजिम राजलक्ष्मीको पनि उम्मेदवारी प्रक्रिया खारेज हुने बुझिएको छ ।
राज्यलक्ष्मी गोल्छा तिनै पात्र हुन्, जो दोस्रो संविधानसभा चुनावमा नेकपा एमालेको समानुपातिक कोटामा सांसद् बनेकी थिइन्। ठुलो रकम चन्दा दिएकै आधारमा सांसद बनाएको भन्दै एमालेको चर्को आलोचना भएको थियो । सम्पत्तिको आडमा राजनीति गरेको आरोप लाग्दै गर्दा गोल्छा स्वयम्ले एमालेलाई एक करोड ६५ लाख, युवा संघका गोविन्द थापालाई एक करोड, गंगालाल तुलाधरमार्फत् माधव नेपाललाई १० लाख, गोकर्ण विष्टलाई १० लाख, युवा संघलाई ६५ लाख, ऋषि पोखरेललाई १० लाख र सुमन प्याकुरेललाई ५० लाख रुपैयाँ दिएको दाबी गरेकी थिइन् ।
एमालेसँगको सम्बन्ध बिग्रिएपछि गोल्छा केही समय विवेकशील साझा पार्टीमा आवद्ध भएकी थिइन् । रास्वपा र विवेकशील पार्टीबीच एकता भएपछि उनी समानुपातिक उम्मेदवारको रुपमा निवेदन दिएकी थिइन । तर, छलफलमै सहभागी नभएपछि उनको उम्मेदवारी स्वत रद्द भएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया