०४ माघ २०८२
काठमाडौं - आगामी फागुन २१ गतेको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दैलैमा आएसँगै दलहरु उम्मेदवारको टुंगो लगाउन सक्रिय भएका छन् । केहि दलहरुले करिब उम्मेदवार छनोट गरिसकेका छन् भने कहि अन्तिम तयारीमा छन् । सबै नेताहरुको निर्वाचन क्षेत्र टुंगो लाग्न बाँकी भएपनि अधिकांश दलका प्रमुख नेताहरु भने को कहाँबाट लड्ने करिब निश्चित भइसकेको छ ।
एमालेमा अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचन लड्ने निश्चित हुँदा उपाध्यक्षहरू विष्णु पौडेल पाल्पा २, गोकर्ण विष्ट गुल्मी २ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बन्ने भएका छन् । महासचिव शंकर पोखरेल दाङ २ बाट चुनाव लड्दै छन् । एमालेमा इश्वर पोखरेल र उनी पक्षीय नेताहरुको भने अझै टुंगो लागेको छैन् ।
नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचन लड्ने पक्का भएको छ भने सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार बन्ने तयारीमा छन् । वरिष्ठ नेता झलनाथ खनालले भने चुनाव लड्ने वा नलड्ने निर्णय गरिसकेका छैनन् । उनको नाम बागलुङ २, सर्लाही १ र इलाम १ बाट सिफारिस भएको छ । वामदेव गौतम बर्दिया १, नारायणकाजी श्रेष्ठ सर्लाही ३, भीम रावल अछामबाट निर्वाचन लड्ने तयारीमा छन् । चितवन ३ बाट प्रचण्डपूत्री रेनु दाहाल, कञ्चनपुर १ बाट प्रचण्डकी बुहारी विना मगर उम्मेदवार बन्ने भएका छन् ।
नेपाली कांग्रेसमा भने आन्तरिक विवादका कारण अझैसम्म उम्मेदवारको टुंगो लाग्न सकेको छैन् । निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएपनि शेरबहादुर देउवा पक्ष त्यसकाविरुद्ध आइतबार सर्वोच्च अदालत पुगेको छ । पार्टीको विवादका कारण नेताहरुको निर्वाचन क्षेत्र टुंगिन बाँकी रहेपनि गगन पक्षले मान्यता पाएसँगै टिकट वितरणका लागि आन्तरिक छलफल गरिरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा उम्मेदवार टुंग्याउन आइतबार केन्द्रीय समिति बैठक बस्दैछ । यद्यपी अधिकांश नेताहरुको निर्वाचन क्षेत्र करिव निश्चित भैसकेको छ। सभापति रवि लामिछाने चितवन २ बाट निर्वाचन लड्दा पार्टीले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उपसभापति डिपी आर्याल काठमाडौं ९, स्वर्णिम वाग्ले तनहुँ १, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा २ र प्रवक्ता मनीष झा धनुषा ३ बाट निर्वाचन लड्ने तयारीमा छन् । अन्य कुन नेता कहाँबाट लड्ने भन्ने विषयको अन्तिम टुंगो रास्वपाले आइतबार लगाउँदै छ ।
मधेशकेन्द्रित दलहरूमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ वा ३ बाट निर्वाचन लड्ने तयारीमा छन् । ०७९ को निर्वाचनमा यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । यसपटक सिके राउत पुनः सप्तरी २ बाटै उम्मेदवार बन्ने तयारी गर्दा उपेन्द्र यादव सप्तरी ३ तिर हामफाल्ने तयारीमा छन्। जसपा नेपालका नेता शरत्सिंह भण्डारी महोत्तरी २ बाट र राजेन्द्र महतो सर्लाही २ बाट निर्वाचन लड्ने तयारीमा छन् ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको मानव अधिकार आयोगको निष्कर्ष
सर्वाेच्च नेता मारिएपछि इतिहासकै खतरनाक आक्रमण शुरू गर्ने इरानको चेतावनी
खामेनी मारिएपछि शोकमा इरान
सुनको भाउ एकैदिन ५ हजार ६०० रुपैयाँले बढ्यो, तोलाको ३ लाख २० हजार नाघ्यो
पक्राउ परे दुर्गा प्रसाईं
मध्यपूर्वी क्षेत्रमा तनाव हुँदा नेपालका १८ फ्लाइट रद्द, ३ हजार यात्रु प्रभावित
सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा
यस पटकको होली घरभित्र मनाउन काठमाण्डौ प्रशासनको आग्रह
निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध
काठमाडौँमा राति ९ बजेपछि रात्रि व्यवसाय सञ्चालनमा रोक
प्रतिक्रिया