२९ असोज २०८२
काठमाडौं - नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको बताए ।
डा। देवका अनुसार, काउन्सिलको वेबसाइट ह्याक भएको पुष्टि भए पनि महत्वपूर्ण डेटाहरू सुरक्षित छन् ।
‘हाम्रो आइटी टिमले डेटा एक्सट्र्याक्सन भए पनि सेफ रहेको पुष्टि गरेको छ। रिकभरी प्रक्रिया पूरा भइसकेको छ, तर पुरानो सर्भर पुनः प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था छ,’ डा. देवले भने ।
ह्याकिङको अनुसन्धानका लागि काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरिरहेको छ । डा। देवले भने, ‘हामीले साइबर ब्युरोलाई जानकारी गराइसकेका छौं। फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र हामी नयाँ सर्भरमा काम सुरु गर्नेछौं ।’
उनले ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि चलिरहेको बताए ।आइटी टिमले हेर्दा ह्याकिङबाट केही फाइलहरू प्रभावित भएको पाएको छ । तर डेटा परिवर्तन वा सम्पादन नभएको दाबी गरिएको छ ।
‘हाम्रो सिस्टमको डेटा अहिलेसम्म पूर्ण रूपमा सुरक्षित छ । ह्याकरले डेटा निकालेको भए पनि सम्पादन गर्न सकेनन्,’ डा। देवले स्पष्ट पारे।
साइबर ब्युरोले फोरेन्सिक प्रमाणहरूको आधारमा अनुसन्धान अघि बढाइरहेको छ ।
दुई दिन सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक क्यालेन्डर प्रभावित हुने चेतावनी
महासङ्घको साधारण सभा र निर्वाचन रोक्न उच्च अदालत पाटनको आदेश
श्रममन्त्री साह पदमुक्त
रास्वपाले भन्योः स्वास्थ्यमन्त्री निशा मेहतामा गम्भीरता देखिएन
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
अबको २४ घण्टा सास थामेर बस्नुहोस्, मच्चिदैछ ठूलो विध्वंश, सिद्धिदैछन् देश
गृह मन्त्रालयमा ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गरिने
अब नयाँ सवारी लाइसेन्स २४ घण्टामै, पुराना असार मसान्तभित्रै छापिने
श्रममन्त्रीकी श्रीमती स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त, बालेनको अनुहारमा कालो पोत्दै स्वास्थ्य मन्त्रीले किन गरिन यस्तो निर्णय ?
जताततै सरकारी गाडी हुइक्याउनेको धन्दा बन्द,कर्मचारी र पदाधिकारीको इन्धन सुविधा चे
प्रतिक्रिया