०७ माघ २०८२
काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देश चलाउन’ विदेशी शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई रुकुमको धर्तीबाटै जवाफ दिने बताएका छन् ।
रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले दाङदेखि रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक मार्ग बनाउने बताए ।
रुकुम पूर्व हिमाली जिल्ला भइसकेकाले यसलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउन पहल गर्ने उनले बताए । रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजाने आश्वासन उनले दिए ।
आफू जहाँबाट लड्यो, त्यहीँको मुहार फेरेको दाबी गर्दै उनले विरोधीहरूलाई कामबाटै जवाफ दिने जिकिर गरे ।
देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुनस् जनयुद्धको आधारभूमि रुकुम फर्किएको उनले दोहोर्याए । आफ्नो उम्मेदवारी केबल संसद् प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशा दिनका लागि भएको उनले दाबी गरे ।
देशभरिको ध्यान आफूमाथि केन्द्रित भएको बताउँदै प्रचण्डले आफू रुकुम आउनुको कारण सुनाए, ‘म रुकुम आउनुको अर्थ यहाँको सुन्दर सहर निर्माण र ग्रामीण सडकको स्तरोन्नति मात्र होइन, यो समग्र देशलाई शान्तिपूर्ण अठोटतिर लैजाने कदम हो ।’
जेनजी भदौ २४ को आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरेर चुनावमा जाने निर्णय लिइएको उनले बताए । ‘देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत निकास निकाल्न त्यो निर्णय अनिवार्य थियो,’ प्रचण्डले भने ।
माओवादी सशस्त्र युद्धकालमा चुनबाङ बैठकले शान्ति प्रक्रियाको यात्रा सुरु गरेको स्मरण गर्दै उनले अब रुकुम पूर्वले समाजवादको यात्राको नेतृत्व गर्ने धारणा राखे ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया