१८ पुस २०८२
काठमाडौं- भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंशबारे छानबिन गर्न गठित आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई दह्रोसँग गोडा टेक्न सुझाएका छन् । छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की,सदस्य विज्ञानराज शर्मासहितले प्रधानमन्त्रीसँग हिजो दिउँसो सिंहदरबारमा गरेको छलफलमा विशेषगरी ‘नडराउन र गोडा नकमाउन’ भनेका हुन् ।
तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दुई दिन बयान लिएपछि एक मात्र बाँकी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि आयोगमा बोलाउनेबारे छलफल गर्न जाँदा उनीहरुले त्यसो भनेको बताइन्छ । चुनावी माहौल बन्दै गएको अवस्थामा एमाले अध्यक्ष ओलीलाई पत्र काटेर बोलाउँदा अवस्था खराब हुने हो कि भन्ने प्रधानमन्त्रीको चिन्तामिश्रित भनाइ थियो ।
प्रधानमन्त्रीले सकेसम्म ‘बीचको कुनै बाटो छ कि रु चुनावका लागि बन्न बन्न लागेको वातावरण नबिगार्न घुमाउरो पाराले अरु कुनै उपाय निकाल्न सकिन्छ कि भनेर कुरा राख्नुभएकोू मा गुण्डुकै गौरीबहादुर कार्की चर्कै स्वरमा प्रस्तुत भएको स्रोत बताउँछ ।
राज्यले नै कमजोर मनस्थिति बनाउन भएन । त्यसकारण राज्य चाहिन्छ । हामीचाहिँ उहाँको घरमा बयान लिन जाँदैनौं । तपाइँहरुले पनि दह्रो खुट्टा टेक्नपर्यो । हामी अडिएका छौं भने राज्य पनि अडिनै पर्यो ।
प्रधानमन्त्रीको आग्रहमा अध्यक्ष कार्कीले भनेका थिए, ‘कानुन भनेको सबैलाई बराबरी लागु हुनुपर्छ । राज्य सँधै राज्य जस्तो हुनुपर्छ । राज्यको अनुभूति सबैलाई दिलाउनुपर्छ । पत्र काट्ने हो । आउँछन् वा आउँदैनन् त्यो सम्बन्धितको कुरा भयो ।’
अध्यक्षको कुरोमा जोड दिँदै अर्का सदस्यले भने, ‘आउँदैनन् भने राज्यले पनि लत्रिएर होइन, उभिएर देखिनुपर्छ सम्माननीयज्यू । राज्यले नै कमजोर मनस्थिति बनाउन भएन । त्यसकारण राज्य चाहिन्छ । हामीचाहिँ उहाँको घरमा बयान लिन जाँदैनौं । तपाइँहरुले पनि दह्रो खुट्टा टेक्नपर्यो । हामी अडिएका छौं भने राज्य पनि अडिनै पर्यो ।’
प्रधानमन्त्री कार्यालय स्रोतले सम्भवतः आज बेलुकीसम्म ओली निवास गुण्डुमा आयोगको पत्र पुग्ने बताएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया