१८ पुस २०८२
काठमाडौं- भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंशबारे छानबिन गर्न गठित आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई दह्रोसँग गोडा टेक्न सुझाएका छन् । छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की,सदस्य विज्ञानराज शर्मासहितले प्रधानमन्त्रीसँग हिजो दिउँसो सिंहदरबारमा गरेको छलफलमा विशेषगरी ‘नडराउन र गोडा नकमाउन’ भनेका हुन् ।
तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दुई दिन बयान लिएपछि एक मात्र बाँकी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि आयोगमा बोलाउनेबारे छलफल गर्न जाँदा उनीहरुले त्यसो भनेको बताइन्छ । चुनावी माहौल बन्दै गएको अवस्थामा एमाले अध्यक्ष ओलीलाई पत्र काटेर बोलाउँदा अवस्था खराब हुने हो कि भन्ने प्रधानमन्त्रीको चिन्तामिश्रित भनाइ थियो ।
प्रधानमन्त्रीले सकेसम्म ‘बीचको कुनै बाटो छ कि रु चुनावका लागि बन्न बन्न लागेको वातावरण नबिगार्न घुमाउरो पाराले अरु कुनै उपाय निकाल्न सकिन्छ कि भनेर कुरा राख्नुभएकोू मा गुण्डुकै गौरीबहादुर कार्की चर्कै स्वरमा प्रस्तुत भएको स्रोत बताउँछ ।
राज्यले नै कमजोर मनस्थिति बनाउन भएन । त्यसकारण राज्य चाहिन्छ । हामीचाहिँ उहाँको घरमा बयान लिन जाँदैनौं । तपाइँहरुले पनि दह्रो खुट्टा टेक्नपर्यो । हामी अडिएका छौं भने राज्य पनि अडिनै पर्यो ।
प्रधानमन्त्रीको आग्रहमा अध्यक्ष कार्कीले भनेका थिए, ‘कानुन भनेको सबैलाई बराबरी लागु हुनुपर्छ । राज्य सँधै राज्य जस्तो हुनुपर्छ । राज्यको अनुभूति सबैलाई दिलाउनुपर्छ । पत्र काट्ने हो । आउँछन् वा आउँदैनन् त्यो सम्बन्धितको कुरा भयो ।’
अध्यक्षको कुरोमा जोड दिँदै अर्का सदस्यले भने, ‘आउँदैनन् भने राज्यले पनि लत्रिएर होइन, उभिएर देखिनुपर्छ सम्माननीयज्यू । राज्यले नै कमजोर मनस्थिति बनाउन भएन । त्यसकारण राज्य चाहिन्छ । हामीचाहिँ उहाँको घरमा बयान लिन जाँदैनौं । तपाइँहरुले पनि दह्रो खुट्टा टेक्नपर्यो । हामी अडिएका छौं भने राज्य पनि अडिनै पर्यो ।’
प्रधानमन्त्री कार्यालय स्रोतले सम्भवतः आज बेलुकीसम्म ओली निवास गुण्डुमा आयोगको पत्र पुग्ने बताएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया