२७ फागुन २०८२
स्याङ्जा - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी बुझाउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–४१ मा तोकिएको ढाँचाअनुसार खर्च विवरण तयार गरी उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयभित्र पेस गर्न भनिएको छ ।
खर्च विवरण निर्वाचन आयोग, कान्तिपथ काठमाडौं वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सकिने जनाइएको छ ।
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जारी गरेको सूचनामा सबै सम्बन्धित उम्मेदवारलाई तोकिएको प्रक्रियाअनुसार खर्च विवरण सार्वजनिक गरी पेस गर्न अनुरोध गरिएको छ ।
निर्वाचन कार्यालयले जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रत्येक उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया