०४ मंसिर २०८२
काठमाडौँ- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ समर्थित समूहले विभिन्न पाँच वटा सार्वजनिक निकाय तथा संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको छ ।
‘नेपालका लागि नेपाली’ नाम गरेको उक्त समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग लगायत संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको हो ।
यीबाहेक मिर्मिरे लघुवित्त, इन्द्रावती क्याम्पसका सर्भरहरूमा आक्रमण गरेको समूहले दाबी गरेको छ । उक्त समूहले वर्तमान अन्तरिम सरकारविरुद्ध साइबर युद्धको घोषणा गरेको छ । उसले भनेको छ, ‘हामीले दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारलाई धेरै पटक समयसीमा दिएकाले हामी नेपालको अन्तरिम सरकार विरुद्ध साइबर युद्धको घोषणा गर्छौँ । गिरफ्तारी साँच्चै अलोकतान्त्रिक र विशुद्ध राजनीतिक थियो ।’
अब झन् अन्तरिम सरकारसँग जोडिएका सबै साइटहरूमा द्रुत रूपमा आक्रमण गर्ने समेत उक्त समूहको धम्की छ । उक्त समूहले आफ्नो उद्देश्य अन्तरिम सरकारसँग जोडिने सबै कुरामाथि आक्रमण गर्नु र डाटा सेन्टरबाट सबै कुरा मेटाउनु रहेको समेत जनाएको छ । आफूसँग प्रत्येक डाटा सेन्टरमा पहुँच रहेको र प्रत्येकलाई आक्रमण गर्ने जनाएको छ ।
यद्यपि उक्त समूहले भनेका सबै संस्थाका वेबसाइटमा हाल कुनै अवरोध भने देखिँदैन ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया