०५ फागुन २०८२
काठमाण्डौ – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन प्रहरी तथा सुरक्षा टोली परिचालन गरिएको छ । काठमाण्डौका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँमा निर्वाचन प्रहरी अर्थात् म्यादी प्रहरीसहित सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचन प्रहरी नीलो बर्दीमा देख्न सकिन्छ । नेपाल प्रहरीले उनीहरूलाई सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण र चुनावी आचारसंहिता पालनाका विषयमा समेत प्रशिक्षण दिएको छ ।
चोक–चोकमा खटिएका म्यादी प्रहरीलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् । यसअघि नेपाली सेनासहित सबै सुरक्षा निकाय चुनावी सुरक्षा प्रयोजनका लागि खटिसकेका छन् ।
यसैबीच निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले हिजोदेखि चुनावी प्रचारप्रसार थालेका छन् । आयोगले यही १८ गतेसम्म चुनाव प्रचारप्रसार गर्न समय तोकेको छ । प्रत्यक्षतर्फ कुल तीन हजार ४ सय ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो, कोणसभालगायतका चुनावी प्रचार–प्रसार तीव्र पारेका छन् ।
आयोगले आचारसंहिताको पालना गरी चुनाव प्रचार–प्रसार गर्न निर्देशन दिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले उम्मेदवारलाई चुनाव प्रचारका लागि बिहान ७ देखि बेलुका ७ बजेसम्मको समयसीमा तोकेको बताउनुभयो । आयोगले हातहतियार वा विस्फोटक पदार्थको प्रदर्शन वा प्रयोग नगर्न, आर्थिक प्रलोभन नदेखाउन, सार्वजनिक भोज आयोजना नगर्न र त्यसमा सहभागी नहुन पनि आग्रह गरेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया