०५ फागुन २०८२
काठमाण्डौ – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन प्रहरी तथा सुरक्षा टोली परिचालन गरिएको छ । काठमाण्डौका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँमा निर्वाचन प्रहरी अर्थात् म्यादी प्रहरीसहित सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचन प्रहरी नीलो बर्दीमा देख्न सकिन्छ । नेपाल प्रहरीले उनीहरूलाई सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण र चुनावी आचारसंहिता पालनाका विषयमा समेत प्रशिक्षण दिएको छ ।
चोक–चोकमा खटिएका म्यादी प्रहरीलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् । यसअघि नेपाली सेनासहित सबै सुरक्षा निकाय चुनावी सुरक्षा प्रयोजनका लागि खटिसकेका छन् ।
यसैबीच निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले हिजोदेखि चुनावी प्रचारप्रसार थालेका छन् । आयोगले यही १८ गतेसम्म चुनाव प्रचारप्रसार गर्न समय तोकेको छ । प्रत्यक्षतर्फ कुल तीन हजार ४ सय ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो, कोणसभालगायतका चुनावी प्रचार–प्रसार तीव्र पारेका छन् ।
आयोगले आचारसंहिताको पालना गरी चुनाव प्रचार–प्रसार गर्न निर्देशन दिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले उम्मेदवारलाई चुनाव प्रचारका लागि बिहान ७ देखि बेलुका ७ बजेसम्मको समयसीमा तोकेको बताउनुभयो । आयोगले हातहतियार वा विस्फोटक पदार्थको प्रदर्शन वा प्रयोग नगर्न, आर्थिक प्रलोभन नदेखाउन, सार्वजनिक भोज आयोजना नगर्न र त्यसमा सहभागी नहुन पनि आग्रह गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया