०९ वैशाख २०८३
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका मागहरूलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाए ।
सभापति थापाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे । ‘हामीले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेका छौँ,’ थापाले भने, ‘सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठुलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’
सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्ने उनको भनाइ थियो । ‘पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरेको छ, यस्ता विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले थपे ।
कांग्रेसको भूमिकाबारे प्रस्ट पार्दै थापाले भने, ‘हामी सङ्घीय संसदमा प्रतिपक्षमा छौँ तर सातै प्रदेशमा सरकारमा छौँ । केन्द्रीय कार्यसमितिको बैठकबाटै हामीले निर्णय गरेका छौँ कि सरकारका राम्रा काममा हाम्रो समर्थन रहन्छ ।’ उनले थपे, ‘प्रतिपक्षी भएर कुरा उठाउँदा हामी तथ्यमा आधारित भएर उठाउँछौँ । जनहितका विषयमा सरकार चुक्दा कांग्रेस दरो भएर उभिन्छ ।’
कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निभाउन नसकेको हो भन्ने प्रश्नमा उनले तथ्यका आधारमा आवाज उठाउने उनले बताए । ‘हामी अराजक वा चर्को छैनौँ, त्यसैले कतिपयलाई हाम्रो आवाज कम सुनिएको जस्तो लाग्न सक्छ । तर हामी जिम्मेवार छौँ र जहाँ जुन विषय उठाउनुपर्ने हो, त्यहाँ उठाइरहेका छौँ ।’
गृहमन्त्री सुधन गुरुङको विषयमा भने थापाले पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै धेरै टिप्पणी गर्न चाहेनन् । उनले भने, ‘गृहमन्त्रीको विषयमा पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ ।’ यस्तै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले १५ महाधिवेशनमा सबै सँगै जाने बताए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया