०९ वैशाख २०८३
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका मागहरूलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाए ।
सभापति थापाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे । ‘हामीले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेका छौँ,’ थापाले भने, ‘सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठुलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’
सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्ने उनको भनाइ थियो । ‘पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरेको छ, यस्ता विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले थपे ।
कांग्रेसको भूमिकाबारे प्रस्ट पार्दै थापाले भने, ‘हामी सङ्घीय संसदमा प्रतिपक्षमा छौँ तर सातै प्रदेशमा सरकारमा छौँ । केन्द्रीय कार्यसमितिको बैठकबाटै हामीले निर्णय गरेका छौँ कि सरकारका राम्रा काममा हाम्रो समर्थन रहन्छ ।’ उनले थपे, ‘प्रतिपक्षी भएर कुरा उठाउँदा हामी तथ्यमा आधारित भएर उठाउँछौँ । जनहितका विषयमा सरकार चुक्दा कांग्रेस दरो भएर उभिन्छ ।’
कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निभाउन नसकेको हो भन्ने प्रश्नमा उनले तथ्यका आधारमा आवाज उठाउने उनले बताए । ‘हामी अराजक वा चर्को छैनौँ, त्यसैले कतिपयलाई हाम्रो आवाज कम सुनिएको जस्तो लाग्न सक्छ । तर हामी जिम्मेवार छौँ र जहाँ जुन विषय उठाउनुपर्ने हो, त्यहाँ उठाइरहेका छौँ ।’
गृहमन्त्री सुधन गुरुङको विषयमा भने थापाले पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै धेरै टिप्पणी गर्न चाहेनन् । उनले भने, ‘गृहमन्त्रीको विषयमा पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ ।’ यस्तै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले १५ महाधिवेशनमा सबै सँगै जाने बताए ।
विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद
गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले सम्हाल्ने
सरकारले सुनेन भने आवाज कसरी ठूलो बनाउने हामीलाई थाहा छ : गगन थापा
गृहमन्त्री बनेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
प्रतिक्रिया