२१ फागुन २०८२
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि दुई संयोगको दिन भएको बताएका छन् । बिहीबार फेसबुकमार्फत ओलीले दुई संयोगकै कारण आफूले फागुन २१ कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन् ।
‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो,’ ओलीले लेखेका छन्, ‘आज सुखानी शहीद दिवस हो, भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।’ यही कारण आफूले जीवनमा दुवै दिन आफूले पुनर्जीवन पाएको उनले भनेका छन् । ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ ओलीले लेखेका छन् ।
झापा आन्दोलनबाट निरंकुश व्यवस्थाको विरुद्ध विद्रोहको बिगुल फुकेको ओलीले सम्झेका छन् । ‘त्यही क्रममा हामीलाई जेल हालिएको थियो । झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो,’ ओलीले लेखेका छन् ।
जेल सार्ने बहानामा हत्या गरिन लाग्दा आफू मृत्युको मुखबाट फर्केर आएको ओलीले भनेका छन् । उनले अगाडि लेखेका छन्, ‘र, १४ वर्षको कठोर कारावास बिताएको थिएँ ।’
सोही क्रममा उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो,’ ओलीले अन्तमा लेखेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया