१३ जेठ २०८३
काठमाडौं -सरकारले राजनीतिक दलको ट्रेड युनियन निकट रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयमा हुने गरी नाम पठाएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुनेहरुको सूची पठाए अनुसार गृहले आफू मातहतका कार्यालयमा कर्मचारीलाई खटाएको हो । सरुवा हुने सबै नायब सुब्बा सरहका कर्मचारी छन् ।
कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले आफ्नो संगठनका ६ जनालाई दुर्गममा सरुवा गरेको बताए । ‘सरकारले अदालतको अन्तरिम आदेशको बेवास्ता गरेर प्रतिसोधपूर्ण तरिकाले सरुवा गरेको छ । यसबारे हामी छलफल गरेर निर्णय गर्छौं’, कटुवालले अनलाइनखबरसँग भने ।
सरुवा हुनेमा एमाले निकट कर्मचारी संगठनका महासचिव आरसी अधिकारीलगायत अन्य पदाधिकारीहरु दुर्गममा सरुवा गरिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया