०४ चैत २०८२
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग ९सैनिक मञ्चको दक्षिणतर्फको चउर० मा घाँसे मैदान निर्माण गर्ने भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो ।
महानगरपालिकाको आर्थिक वर्ष २०८२(८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो । निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ ।
सूचनामा भनिएको छ,ुउक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रमहरू अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गर्नुहुन अनुरोध छ ।
निर्माण अवधिसम्म सो स्थानमा कुनै पनि कार्यक्रम गर्न नपाइने भएपछि महानगरले सरोकारवालाहरूलाई अन्य विकल्प खोज्न आग्रह गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया