०४ असार २०८३
काठमाडौं -राहदानी छपाइमा भएको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनलाई तीव्रता दिँदै ठेक्का पाउने जर्मन कम्पनीका सञ्चालकलाई पनि बयानमा बोलाएको छ। आयोगले इमेलमार्फत उनीहरूलाई बयानमा बोलाएको हो। साथै, बिहीबार पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरेरसमेत बयानमा उपस्थित हुन भनेको छ।
आयोगले यस सम्बन्धमा बयानका लागि म्युहलबाउर आइडी सर्भिसका सञ्चालकद्वय गेरहार्ड म्युरर र पाभ्ले राहिस तथा भेरिडसका सञ्चालकद्वय फाबोइराला बेलेरसिरिम तथा फ्लोरियन पाक्लिलिनलाई बयानमा बोलाएको हो। म्युहलबाउरले प्याकेज १ अन्तर्गत एक अर्ब ५५ करोड तथा भेरिडोसले प्याकेज २ अन्तर्गत ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए। जुन ठेक्कामा अनियमितताको आरोप लागेको छ।
सार्वजनिक सूचना प्रकाशन गरी भौतिक वा भर्चुअल रूपमा बयानमा उपस्थित हुन आयोगले भनेको छ। उनीहरू चारैजना जर्मन नागरिक हुन्। बयानमा उपस्थित नभएमा कानुनअनुसार कारबाही अघि बढ्ने आयोगको चेतावनी छ।
आयोगले म्युहलबाउरका नेपाल प्रतिनिधि मनिन्द्रकुमार मल्ललाई भने पक्राउ गरिसकेको छ। भेरिडोसका प्रतिनिधि सिद्धार्थ थापा भने फरार भएका छन्। यसमा आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित तीन कर्मचारीलाई पनि हिरासतमा राखेर ‘फास्ट ट्रयाक’मा अनुसन्धान अघि बढाएको छ । यसमा तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवालाई समेत बयानमा बोलाउने तयारी भएको अख्तियार स्रोत बताउँछ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया