२० वैशाख २०८३
काठमाडौं- कास्कीको पोखरा महानगरपालिकाले अतिक्रमणमा परेको सरकारी र सार्वजनिक जग्गा खोज्न थालेको छ । महानगरले सरकारी, सार्वजनिक, पर्ती र ऐलानी जग्गामा संरचना बनाएको सूचना दिन नगरबासीलाई आग्रह गरेको हो । महानगरले सूचना जारी गर्दै इमेल, टेलिफोन, ह्वाट्सएप, भाइबर वा कार्यालयमा उपस्थित भएर सोबारे जानकारी गराउन भनेको छ ।
‘यहाँको छरछिमेकमा सार्वजनिक, ऐलानी, पर्ती जग्गा कोही कसैले अतिक्रमण गरी संरचना निर्माण गरेको, घेराबार, भाडामा लगाएको वा अन्य कुनै प्रयोजनमा उपयोग गरिरहेको जानकारी पाउनुभएको भए उल्लेखित इमेल, टेलिफोन, ह्वाट्सएप, भाइबर वा महानगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा आफ्नो पहिचान खुलाएर वा गोप्य रुपमा जानकारी गराउनुहुन।।।’,सूचनामा उल्लेख छ ।
बालेन्द्र साह नेतृत्वको सरकारले देशभरबाट सुकुम्बासी हटाउने र सरकारी जग्गा खोज्ने अभियान चलाइरहँदा पोखरा महानगरले पनि सो काम थालेको छ । महानगरले सार्वजनिक, ऐलानी, पर्ती जग्गामा बनेको संरचना हटाउन यसअघि नै सूचना जारी गरिसकेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया