०८ फागुन २०८२
काठमाडौं - शिवरात्रीमा पशुपतिमा एक युवकको संकास्पद मृत्यु भएको छ ।
शिवरात्रीको भोलिपल्ट एक युवकको शव पशुपतिनाथको मन्दिर परिसरमा भेटिएको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरी वृत्त गौशालाले घटनास्थल मुचुल्का गरेर शवको अनुसन्धा अघि बढाएको थियो ।
मृतक व्यक्तिको शरीरमा निलडाम र चोट पटक देखिएपछि मृत्यु संकास्पद भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि अनुसन्धानमा खटिएको छ ।
मृतक व्यक्ति संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । ‘मृतकको शरीरमा चोटपटक देखिएपछि घटना संकास्पद देखिएको छ । हामीले अनुसन्धान गरिरहेका छौं’ एसएसपी खड्काले भने । मृत फेला परेका गिरी पशुपति क्षेत्रमै बस्ने, मागेर खाने गरेको प्रहरीको भनाइ छ ।
शवको प्रकृत हेर्दा हत्याको आशंका गर्दै प्रहरीले पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि थप विषयहरु खुल्ने प्रहरीले बताएको छ ।
प्रहरी स्रातेका अनुसार अनुसन्धान गर्दा यो घटनामा एक ‘बाबा’ जोडिएका छन् । मृत फेला परेका युवक राति कोसँग बसेका छन् भनेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा एक ‘बाबा’ जोडिन आएको देखिएको प्रहरी स्रोतले बतायो ।
शिवरात्रीमा पशुपति आएका एक बाबाको मोबाइल हराएको थियो । उक्त मोबाइल अहिले मृत फेला परेका गिरीले चोरको आरोप बाबाको थियो ।
‘बाबाले नै अहिले मृत भेटिएका गिरीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको भन्ने बुझिएको छ । त्यसको भोपिल्ट तीनै व्यक्ति मृत भेटिएका छन्’ स्रोतले भन्यो, ‘मोबाइल नभेटिएपछि प्रहरीले छाडेका तीनै व्यक्तिलाई बाबाले आफ्नो नियन्त्रणमा लिएर रातभर यातना दिएर हत्या गरेको हुनसक्ने हाम्रो विश्लेषण छ ।’
लामो समय भारतको बनारस बसेका ‘बाबा’ पछिल्लो समय भने नेपालमै बस्थे । प्रहरीका अनुसार राजवंशी थरका उनी नेपाली नागरिक नै हुन् । राति अहिले मृत फेला परेका गिरीसँगै बसेको देखिएका ‘बाबा’ अहिले भने फरार छन् ।
फरार बाबाको पहिचान भइसकेको तर पक्राउ पर्न मात्रै बाँकी रहेको प्रहरीको भनाइ छ । ती युवकको घटना भने अहिलेसम्म गुपचुप छ । यसबारे औपचारिक रुपमा प्रहरी केही बोलेको छैन ।
दुई दिन सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक क्यालेन्डर प्रभावित हुने चेतावनी
महासङ्घको साधारण सभा र निर्वाचन रोक्न उच्च अदालत पाटनको आदेश
श्रममन्त्री साह पदमुक्त
रास्वपाले भन्योः स्वास्थ्यमन्त्री निशा मेहतामा गम्भीरता देखिएन
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
अबको २४ घण्टा सास थामेर बस्नुहोस्, मच्चिदैछ ठूलो विध्वंश, सिद्धिदैछन् देश
गृह मन्त्रालयमा ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गरिने
अब नयाँ सवारी लाइसेन्स २४ घण्टामै, पुराना असार मसान्तभित्रै छापिने
श्रममन्त्रीकी श्रीमती स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त, बालेनको अनुहारमा कालो पोत्दै स्वास्थ्य मन्त्रीले किन गरिन यस्तो निर्णय ?
जताततै सरकारी गाडी हुइक्याउनेको धन्दा बन्द,कर्मचारी र पदाधिकारीको इन्धन सुविधा चे
प्रतिक्रिया