Search Form Always Available
logo.png शनिबार, २८ असार २०८२

चर्चामा:

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

डीएनए खबर

डीएनए खबर

०५ फागुन २०८१

काठमाडौं- शक्तिको आडमा उन्माद देखाउँदै प्रहरीमाथि नै कुटपिट गर्ने गिरोहका नाइकेलाई उन्मुक्ति दिन तयार भइसकेको कागजात समेत सच्याएको खुलेको छ । 

गत माघ २४ गते राति ठमेलमा प्रहरीमाथि भएको सांघातिक आक्रमणमा अनेरास्ववियुका नेता कमलराज जोशी पनि संलग्न रहेको सिसिटिभी फुटेजमा देखेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो । जसअनुसार प्रहरी वृत्त दरबारमार्गले सुरुवाती क्रममा अभद्र व्यवहारको कसुरमा भन्दै पाँच जनाको नाममा पक्राउका लागि अनुमति माग्ने तयारी गरेको थियो । जसको पहिलो सूचीमै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीको नाम थियो । 

जोशीसहितका व्यक्ति पक्राउ नपर्दा फरार हुने, फेरि यस्तै प्रकृतिका घटना गराउन सक्ने भन्दै पक्राउ अनुमति मागका लागि कागजात तयार पारिएको थियो । तर ‘माथिल्लो तह’बाट दबाब आएपछि प्रहरीले तयार पारेको उक्त कागजात सच्याउँदै जोशीको नाम हटाएर बाँकीको हकमा पक्राउ अनुमति माग गरेको थियो । 

त्यतिबेला ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा, नवीन ऐरी, सौजन्य शाही, गोपालबहादुर शाहीविरुद्ध पक्राउ पुर्जी माग गरिएको थियो । उनीहरूमध्ये सिग्देल र फुलारा पक्राउ परेका थिए ।

एक अनुसन्धान अधिकृतका अनुसार प्रहरी कुटिनुको मुख्य कारण नै नेता जोशीको भूमिका थियो । तर दबाब आएपछि तयार भएको कागज समेत सच्याएर बाँकीलाई मात्रै पक्राउ पुर्जी जारी भएको थियो । नेता जोशीलाई उन्मुक्ति दिएको आरोप लागेपछि सुरुवाती क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले भने जोशीले छुट्याउन खोजेको देखिएको दाबी गर्दै पक्राउ पुर्जी माग नगरिएको दाबी गरेको थियो । 

त्यतिबेला परिसरका प्रमुख तथा एसएसपी विश्व अधिकारीले भने प्रारम्भिक अनुसन्धानको क्रममा रहेको र अनुसन्धान गर्दै जाँदा जोडिएमा जोकोही भए पनि कानुनी दायरामा ल्याउने दाबी गरेका थिए । 

गत मंगलबार परिसरमै भएको पत्रकार सम्मलेनमा भने एसएसपी अधिकारीले अपराध गरेको देखिएमा कसैलाई पनि नछोड्ने जिकीर गरेका थिए । अपराध गरेको पाइएमा पार्टी नहेरी एक सय, दुई सय प्रतिशत होइन, हजार प्रतिशत कारबाही गर्ने ठोकोवा गरेका थिए ।  एसएसपी अधिकारीले यस्तो दाबी गरेपनि एमाले निकट अखिलका नेता जोशी पक्राउ परेका थिएनन् । जसको सञ्जालदेखि संसद्सम्ममा आवाज उठेको थियो । उनलाई शक्तिको आडामा उन्मुक्ति दिएको भन्दै सांसद्हरुले नै सरकारमाथि आक्षेप लगाएका थिए । 

संसद्देखि समाजिक सञ्जालसम्मबाट चौतर्फि दबाब बढेपछि अन्ततः गत बिहीबार प्रहरीले नयाँ बानेश्वरबाट अखिल नेता जोशीलाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद लिएर जोशीविरुद्ध पनि अहिले प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पुर्जी जारी भएका शाहीद्वय र ऐरी भने अझै फरार छन् ।

जोशीको समूहबाट २४ माघको राति प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिमको टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो । आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको सीसीटीभी फुटेजमा देखिन्छ ।

यसरी हाकाहाकी आक्रमणमा उत्रिएका जोशीलाई एमालेका उपल्ललो तहका नेताहरुकै जोडबलमा जोगाउन खोजिएको थियो । चौतर्फि बिरोध भएपछि उनलाई पक्राउ गर्न सरकारले अनुमति दिएको थियो । ज्यान मार्ने उद्योगदेखि कीर्ते र अभद्र व्यवहारको कसुरमा पटकपटक मुद्दा दायर हुँदै धरौटीमा छुटेका जोशी अहिले फेरि प्रहरी कुटपिटको घटनामा पक्राउ परेका छन् । उनीमाथि अहिलेसम्म ५ वटा मुद्दा लागेको छ । ज्यान मार्ने उद्योगमा मात्रै २ पटक मुद्दा परेको छ ।

तर, एमाले निकट अखिलका नेता जोशी यति शक्तिशाली देखिएका छन् की उनले सुरुमा पक्राउ पर्नबाटै जोगिन कागज सच्याउन लगाए । त्यसो गर्दा पनि जोगिन नसकेपछि आफूले कुटेका प्रहरीमाथि पनि छानविन गर्न लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वाद पाएका जोशीको इच्छा बमोजिम कुटिएका प्रहरीमाथि समेत छानविन थालिएको छ ।  

सीसीटीभी फुटेज किन सार्वजनिक भयो, कसले–कसरी सार्वजनिक गर्यो भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन सुरु गरेको छ । भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल, मिडियादेखि संसद्सम्म यो विषयले चर्चा पाएको थियो । 

त्यसको चौतर्फी दबाब थेग्न नसकेपछि उन्मुक्ति दिइएका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितका व्यक्ति पक्राउ परेका थिए । तर जुन भिडिओका कारण प्रहरी कुट्ने अखिल नेता कारबाहीको दायरामा आए, त्यही भिडिओलाई लिएर परिसरले अहिले छानबिन सुरु गरेको हो ।

परिसर स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै लिखित निर्देशन आएपछि छानबिन सुरु गरिएको छ । माथिल्लो तहबाट नै छानबिन गर्न भन्दै लिखत निर्देशन आएपछि छानबिन थालिएको प्रहरी अधिकारीहरु बताउँछन। 

प्रतिक्रिया

ट्रेन्डिंग

1

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

2

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

3

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

4

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

5

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

6

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

7

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

8

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

9

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

10

श्रीमान अष्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङको धन्दामा, होटल पुगेर १० लाखको बार्गेनिङपछि खुल्यो पोल

थप समाचार

Post Image

गुण्डा नाइके सिध्याउन प्रहरीले निकाल्यो लिस्ट, हतकडीले नसुध्रिए गोली ठोक्ने !

Post Image

अत्यासलाग्दो अनुचित लेनदेन, उजुरीमात्रै २० हजारभन्दा धेरै

Post Image

भारतमा नेपाली छात्राको मृत्यु प्रकरण: अन्य नेपाली विद्यार्थीलाई पनि कलेजले निकाल्यो

Post Image

बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो नेपाल

Post Image

सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक, एकै महिनामा दुर्घटनामा परेर १९९ जनाको मृत्यु

Post Image

सर्वोच्चले झिकायो गिरीबन्धुको मिसिल, ओलीलाई भन्यो-अवहेलनामा कारबाही किन नगर्ने ?

Post Image

तुवाँलोले भरियो काठमाडौं, सतर्क रहन अपिल

Post Image

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी

Post Image

पत्रकारको प्रश्नबाट सूर्य थापा आजित, भन्छन्- मलाई हनुमान, प्रधानमन्त्रीलाई हिटलर भन्ने ?

Post Image

ओलीको उद्घोष- अबको १७ महिना तोप हाने पनि सरकार ढल्दैन

Post Image

उपेन्द्रको बार्गेनिङले रोकियो अध्यादेश, गृहमन्त्री र मुख्यमन्त्री मागेपछि झस्किए ओली देउवा

Post Image

१ लाख १० हजार बचत भएका रविले कहाँबाट ल्याए २ करोड ७९ लाख धरौटी ?

Post Image

५४ लाख धरौटीमा चितवनबाट पनि छुटे रवि, के छ आदेशमा ?

Post Image

अडानीलाई विमानस्थल सुम्पिन कानुन नै परिवर्तन, ओली-देउवा-प्रचण्डबीच एकवर्ष अघि नै सहमती

Post Image

ओलीको धोखापछि रविको शरणमा वामदेव, रास्वपा प्रवेश गर्न उचाले खुट्टा, के भन्छ रास्वपा ?

Post Image

त्रासमा प्रचण्ड : जर्नादनविरुद्ध उत्रिन जारी गरे उर्दी, पूर्व उपराष्ट्रपतिलाई पनि गराए सक्रिय