२९ साउन २०८२
काठमाडौं–गाजाको उत्तरी क्षेत्रमा इजरायलको तीव्र बमबारीका कारण कम्तीमा एक सय जना प्यालेस्टेनी नागरिकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ६१ जना गाजा सिटीकै रहेका अलजजिराले जनाएको छ । गाजा सिटी वरपरको क्षेत्र विशेषगरी जैतुन, साब्रा र शेख रदवानमा हवाई तथा तोप आक्रमण तीव्र भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र इजरायली नाकाबन्दीका कारण भोकमरी र कुपोषणबाट तीन बालबालिकासहित आठ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युद्ध शुरू भएदेखि अहिले भोकमरी र कुपोषणबाट १ सय ६ बालबालिकासहित २ सय ३५ जनाको ज्यान गइसकेको खबरमा उल्लेख छ ।
यसैबीच गाजामा युद्धविरामका लागि हमासको प्रतिनिधि मण्डल हिजो इजिप्ट पुगेको छ । गएको जुलाईमा कतारमा भएको वार्ता असफल भएपछि फेरि काइरोमा युद्ध रोक्ने, राहत आपूर्ति गर्ने र गाजावासीको पीडा अन्त्य गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
इजरायली सुरक्षा क्याबिनेटले केही दिनअघि गाजा सिटी कब्जा गर्ने तथा लाखौं प्यालेस्टीनी नागरिकलाई जबरजस्ती स्थानान्तरण गर्ने योजना पारित गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया