१४ मंसिर २०८२
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा राजनीतिक स्थिरता र राष्ट्रिय एजेन्डाका लागि राजनीतिक दलहरुबीच एकता आवश्यक रहेको बताए । मुलुकले विगतमा झेलेका राजनीतिक संघर्ष र त्यसका परिणामको स्मरण गराउँदै उहाँले प्राप्त उपलब्धि जोगाएर अघि बढ्नुपर्ने समय आएको उल्लेख गरे ।
पकार्कीको भनाई उद्धृत गर्दै भेटमा सहभागी एक नेता भन्छन्, ‘झगडा धेरै गर्यौं,क्षति धेरै ब्यहोरिसक्यौँ,धेरै कुरा गुमाइसक्यौँ । अब भएको जोगाऔँ। नयाँ–नयाँ समस्या तेर्स्याएर होइन, सम्हालिएर हिँड्नुपर्छ।’ उनका अनुसार विमतिका विषयहरू जनताको अदालतरुपी चुनावमा लैजानु उपयुक्त उपाय भएकाले जनमतले अनुमोदन गरेका एजेन्डा कार्यान्वयन गरे मात्र देश सही दिशातर्फ अघि बढ्ने छ ।
‘झगडा धेरै गर्यौं,क्षति धेरै ब्यहोरिसक्यौँ,धेरै कुरा गुमाइसक्यौँ । अब भएको जोगाऔँ। नयाँ–नयाँ समस्या तेर्स्याएर होइन, सम्हालिएर हिँड्नुपर्छ।’
भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारका लागि कोही आफ्ना र कोही पराया नभएको स्पष्ट पार्नुभएको छ । ‘हामी कुनै पनि कारण देखाउँदै विभेद गर्दैनौँ । सबैले दिने सुझावलाई सम्मानका साथ ग्रहण गर्छौँ,’ उनको भनाइ छ ।
भ्रष्टाचारसम्बन्धी विगतको थाती मुद्दा अगाडि बढिरहेको बताउँदै प्रधानमन्त्रीले मुलुकको वातावरण बिगार्ने शक्तिहरूलाई कारबाही नगरेसम्म देश उँभो नलग्ने टिप्पणी गर्नुभएको छ । दण्डहीनताको प्रवृत्ति अन्त्य गर्न सरकार दृढ रहेको र सडकमा हिँडिरहेका बालबालिकाले समेत ज्यान गुमाउनुपरेको पछिल्लो घटनाबारे सरकार अत्यन्त गम्भीर रहेको उनले उल्लेख गरे । ‘छानबिन आयोगले दिने सिफारिस जस्ताको तस्तै कार्यान्वयन हुने छ,’ प्रधानमन्त्रीको भनाइ छ ।
चुनावमा बढ्दो खर्चप्रति चिन्ता जनाउँदै प्रधानमन्त्री कार्कीले स्वच्छ, मितव्ययी र प्रतिस्पर्धात्मक निर्वाचन वातावरण बनाउन सबै दलको जिम्मेवारी रहेकोतर्फ राप्रपालाई पनि स्मरण गराउनुभएको बताइन्छ । ‘हामी चुनावमा अत्यधिक पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेका छौँ। तपाईंहरू पनि स्वच्छ चुनावका लागि मितव्ययी ढंगले लाग्नुहोस् ,’ उनको सुझाव छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया