३० असोज २०८२
काठमाडौं - जेनजीको नाममा विभिन्न व्यक्तिलाई धम्क्याउँदै हिड्ने अर्जुन शाहीलाई प्रहरीले बुधबार साँझ पक्राउ गर्यो । काठमाडौं प्रहरीको विशेष टोलीले शाहीलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
अछामको पञ्चदेवल घर भएका २६ वर्षीय शाहीले पछिल्लोपटक विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने कार्य गर्दै आएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले शाही विभिन्न अपराधका घटनामा जोडिएको देखिएकाले अनुसन्धान जारी रहेको बताए । शाहीलाई आज थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिने प्रहरीको तयारी छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शाहीबाहेक प्रहरीको एसएलआर लुटेर विभिन्न ठाउँ पुग्ने समीर भनिने राजु परियारलाई समेत पक्राउ गरेको छ ।
मंगलबार राति परियारलाई ललितपुरबाट पक्राउ गरेको प्रहरीले बताएको छ । परियार आपराधिक पृष्ठभूमिका युवा भएको खुलेको छ । उनीविरुद्ध यसअघि नै प्रहरीले विभिन्न ८ वटा कसुरमा अनुसन्धान गरेको खुलेको छ ।
प्रहरीले परियारलाई भिडियो तथा फोटोको आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
दुई दिनअघि मात्रै काठमाडौं प्रहरीले जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठबाट मूर्ति चोरी गर्ने चितवनका विजय लामालाई पनि पक्राउ गरेको थियो ।
बूढानीलकण्ठ–६ च्यासिन बस्दै आएका लामाले आइफोन–१४ प्रो म्याक्ससहित बुद्ध मूर्ति, गणेशको मूर्ति र सिङगिङ बौल चोरी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । उनीमाथि समेत प्रहरीले अनुसन्धान थालेको छ ।
उनीहरूबाहेक प्रहरीले जेनजी प्रदर्शनका क्रममा विभिन्न ठाउँमा लुटपाट, चोरी तथा प्रहरीको हतियार लुटपाट गर्नेविरुद्ध अनुसन्धान थालेको छ ।
काठमाडौं प्रहरीले हालसम्म ८३ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका १९ जनाविरुद्ध काठमाडौंले हातहतियार खरखजना मुद्दामा अनुसन्धान थालेको छ ।
तर, उनीहरुलाई हाजिरी जमानीमा छाडिएको छ । यसरी नै ५२ जनाविरुद्ध प्रहरीले उपद्रव कसुरमा अनुसन्धान थालेको छ । उनीहरूलाई पनि हाजिरी जमानीमा छाडिएको छ । उनीहरूबाहेक हाल १२ जनालाई भने प्रहरीले थुनामा राखेर अनुसन्धान थालेको छ ।
यसरी नै भदौ २४ गते आपराधिक गतिविधि गर्ने २३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पनि हाजिरी जमानिमा छाडिएको छ । भक्तपुर प्रहरीले पनि आपराधिक गतिविधिमा संलग्नमाथि अनुसन्धान गर्दै आएको छ ।
तर, गृह मन्त्रालयले भने प्रहरीलाई जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा नल्याउन दबाब दिइरहेको छ । त्यसका लागि गृह मन्त्रालयमै जेनजी डेस्कसमेत राखिएको छ ।
गृहमन्त्रालयले असोज ९ गते नै जेनजी आन्दोलनबारे छानबिन गर्न न्यायिक आयोग बनेकाले त्यसको आधारमा मात्रै कारबाही गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । सोही विज्ञप्तिपछि प्रहरीले पक्राउ परेका आरोपीहरू छुटेका हुन् ।
प्रहरी प्रधान कार्यालयले जेनजीका नाममा आपराधिक गतिविधिमा संलग्न ३६ हजारभन्दा भिडियो संकलन गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीको एक हजारभन्दा बढी हातियार लुटिएको थियो । केही बरामद भए पनि अझै ठूलो सख्यामा हराएका छन् ।
१४ वर्षदेखि अलपत्र कमला पुलको दुदर्शा हेर्न पुगे कुलमान, २० करोड खाएर बनाए अलपत्र
ओली र लेखकलाई कठघराामा उभ्याउँदै आयोग, यहि साता बयान लिने
फागुन २१ को निर्वाचनका लागि यी हुन् अहिलेसम्म दर्ता भएका ४० दल
फागुनमा पनि संसद भवन नबन्ने छाट, सांसद्हरुको हुने भयो सडकमा बास
हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ
अण्डाको भाउ बढ्यो, अवैध आयात रोकिएपछि लागत मूल्य पाइयो : व्यवसायी
करिब पाँच महिनादेखि केरुङ नाका ठप्प– न आए सामान न त उठ्यो राजस्व
बारामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयाेगकाे निर्देशन
भोलिबाट एन्फा गेटअगाडि ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने
सुशीला कार्कीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न राष्ट्रपति कार्यालय पुगे जेनजी
प्रतिक्रिया