०४ पुस २०८२
काठमाण्डौ – नवनिर्वाचित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आउँदा दिनमा त्यस्ता खालको कुनै पनि कमजोरी हुन नदिने दाबीसमेत गरे ।
उनले नवनिर्वाचित केन्द्रीय कमिटीमा नेताहरूलाई एकस्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, सङ्गठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराए ।
आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरूले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । ‘ उनले भने' हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । हाम्रो एक आवाज हुनुपर्दछ । परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरू पनि बराबर हल्लिने, खुट्टाहरू पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ ।’
अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आमनागरिकको सुरक्षाको काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया