०४ पुस २०८२
काठमाण्डौ – नवनिर्वाचित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आउँदा दिनमा त्यस्ता खालको कुनै पनि कमजोरी हुन नदिने दाबीसमेत गरे ।
उनले नवनिर्वाचित केन्द्रीय कमिटीमा नेताहरूलाई एकस्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, सङ्गठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराए ।
आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरूले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । ‘ उनले भने' हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । हाम्रो एक आवाज हुनुपर्दछ । परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरू पनि बराबर हल्लिने, खुट्टाहरू पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ ।’
अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आमनागरिकको सुरक्षाको काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया