१७ मंसिर २०८२
काठमाण्डौ – लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ । ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम यही मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो ।
आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजार भन्दा धेरैको सहभागीता रहनेछन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विज्ञ, कलाकार, युवाहरूलगायतका प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिए ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फच्र्युन जेनेरेसनका २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउनेछन् । नेपालकै सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका प्रमुख अधिकारीले जानकारी बताए ।
कार्यक्रममा विभिन्न देशका तीन जना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने उनले बताए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया