१९ चैत २०८२
काठमाडौं - नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग जाँचबुझ आयोगको प्रतिवेदन सरकारबाट सार्वजनिक हुन्छ कि हुँदैनरु भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै आङदेम्बेले पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोग र सरकारको नियतमाथि नै प्रश्न गर्दै यस्तो प्रश्ज सोधेका हुन् ।
‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक पनि गर्ने कि प्रधानमन्त्रीजीले पनि गोरखापत्र पढ्ने रु,’ आङदेम्बेले भने ।
भदौ २४ गते संसद् भवन र सिंहदरबार जलेको विषयमा आयोगको मौनतामाथि पनि उनले प्रश्न उठाए ।
‘किन खरानी भयो संसद् भवन, किन जल्यो सिंहदरबार रु कसले जलायो रु,’ उनले प्रश्न गरे, ‘भदौ २३ र २४ गतेका घटना एकएक केलाउन जरुरी छ ।’
उनले भदौ २३ र २४ गतेका घटनालाई हेर्ने फरक दृष्टिकोण राख्न नहुने पनि बताए । उनले भने, ‘कसैले २३ को घटना देख्ने, २४ को ध्वंश नदेख्ने । कसैले २४ ध्वंश नदेख्ने, २३ को दमन देख्ने । यो प्रवृत्ति एकदम गलत छ ।’
हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगलेसम्म २३ गतेको घटनाको जाँचबुझ गरेर २४ को भ्याइएन भनेको आङदेम्बेले टिप्पणी गरे । ‘यो कस्तो तरिका हो रु पटकपटक समय थप्ने तर काम नगर्ने कुरा जाँचबुझ आयोगको नियतबाट भएको होइन भन्न सकिन्न,’ उनले भने ।
उनले सरकारलाई सुझबुझ ढंगबाट कदम अगाडि चाल्न आग्रह गरे । कांग्रेस सधैँ दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्नेमा दृढ रहेको उनले बताए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया