२६ माघ २०८२
काठमाडौं - भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० क्रिकेट विश्वकपमा प्रतिस्पर्धा गर्ने दोस्रो अमेरिकी राष्ट्र हो, क्यानडा । क्यानडा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को एसोसिएट सदस्य समेत हो ।
क्यानडाले विश्वकप छनोटको अमेरिकी क्षेत्रीय छनोटबाट विश्वकपमा प्रवेश गरेको थियो । यस संस्करणमा क्यानडा दिलप्रीत बाज्वाको कप्तानीमा मैदानमा उत्रनेछ । क्यानडा क्षेत्रीय छनोटको शीर्ष टोलीको रूपमा सोझै विश्वकपमा प्रवेश गरेको हो । छनोट हुन अन्तिम समयसम्म क्यानडाले उत्कृष्ट लय कायम गरेको थियो । विश्वकपमा पनि क्यानडा यही लयलाई कायम राख्ने लक्ष्यमा रहनेछ । छनोटमा ६ खेल खेल्दा शतप्रतिशत जित निकालेको थियो ।
यस संस्करणमा क्यानडा समूह ‘डी’मा परेको छ । समूहमा क्यानडासँगै अफगानिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् । क्यानडाले दक्षिण अफ्रिकासँग फेब्रुअरी ९ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
क्याडाले दोस्रो खेलमा यूएईसँग फेब्रुअरी १३ मा प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी, तेस्रो र चौथो खेलमा क्यानडाले क्रमशः न्युजिल्यान्डसँग फेब्रुअरी र अफगानिस्तानसँग फेब्रअुरी १९ मा खेल्ने तालिका छ ।
विश्वकपमा क्यानडाको इतिहास
भारत र श्रीलंकामा हुने टी–२० क्रिकेट विश्वकपको निम्ति क्यानडा दोस्रो कान्छो राष्ट्र हो । इटाली यस संस्करण पहिलोपटक विश्वकप खेल्दै गर्दा क्यानडा दोस्रो पटक प्रतिस्पर्धामा उत्रनेछ । तथ्यांकले विश्वकपमा क्यानडाको उपस्थिति निकै कमजोर रहेको देखाउँछ । सन् २००७ देखि सन् २०२४ को विश्वकपसम्म क्यानडाले एक पटक मात्र प्रतियोगिता खेलेको छ ।
वेस्ट इन्डिज र अमेरिकामा भएको गत संस्करणमा क्यानडाले पहिलोपटक उपस्थिति जनाएको थियो । तर, पनि टिम समूह चरणमै सीमित भयो । समूह ‘ए’ मा रहेको क्यानडाले चार खेल खेल्दा एक जित, दुई हार र रद्द भएको थियो ।
तीन अंक बनाएको क्यानडा चौथो स्थानमा सीमित भयो र समूह चरणबाटै बाहिरियो ।
प्लेयर्स टू वाच
कलिम साना (बलर)
यस संस्करण क्यानडाका प्लेयर्स टू वाच हुन्( कलिम साना । सना बाँया हाते बलर हुन् । सना पावरप्लेमा विकेट लिन माहिर छन् र प्रतिद्वन्द्वीहरूको साझेदारी तोड्न उनी सक्षम छन् ।
सानाले फिलिपिन्सविरुद्ध खेल्दै क्यानडाबाट टी–२० अन्तर्राष्ट्रियतर्फ सन् २०२२ मा डेब्यू गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रियतर्फ हालसम्म ४१ खेल खेल्दा ६४ विकेट लिएका छन् । त्यसैगरी, घरेलु क्रिकेटमा उनले ६८ विकेट आफ्नो नाममा ल्याएका छन् ।
डेब्यु गरेका तीन वर्षमै राष्ट्रिय टिममा जमाएको प्रभावले सनालाई प्लेयर्स टू वाच बनाउँछ ।
नभनित धलीवाल (ब्याटर)
नभनित धलीवाल क्यानडाका अर्का हेर्न लायक खेलाडी हुन् । धलीवाल क्यानडाका मध्यक्रमका ब्याटर हुन् । उनी राष्ट्रिय टिमका अनुभवी खेलाडीमा पर्छन् । टिमलाई आफ्नो आक्रामक ब्याटिङमार्फत विशाल लक्ष्यसम्म डोर्याउन सक्ने क्षमता उनमा छ ।
धालीवालले क्येमनविरुद्धको टी–२० शृखंला खेल्दै टी–२० अन्तर्राष्ट्रियतर्फ सन् २०१९ मा डेब्यू गरेका थिए । धलीवालले टी–२० अन्तर्राष्ट्रियतफ हालसम्म ४५ खेल खेल्दा एक हजार १९७ रन जोडेका छन् ।
धलीवाल क्रिजमा एउटै लयलाई लामो समयसम्म पनि कायम राख्न अब्बल छन् । यही क्षमताले उनलाई हेर्न लायक खेलाडी बनाउँछ ।
क्यानडाको टिम :
दिलप्रीत बाज्वा ९कप्तान०, अजयवीर हुन्डल, अंश पटेल, डाइलान हेलिगर, हर्ष थाकेर, जसकरणदीप बट्टर, कलिम साना, कन्जारपाल तथगुर, नवनित धलिवाल, निकोलस किर्टोन, रविन्दरपाल सिंह, साद बिन जफर, शिवम शर्मा, श्रेयस मोभा, युवराज सम्रा
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया