२१ पुस २०८२
काठमाडौं- हाल सोमबार बिहान० तराईका धेरै स्थानमा हुस्सुरकुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो तथा राति पनि हुस्सुरकुहिरो लाग्ने क्रम जारी रहने तथा उच्च भूभागमा हिमपात र वर्षाको समेत सम्भवना देखिएकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसम महाशाखाले सुझाव दिएको छ।
मौसम महाशाखाले सोमबार बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपात सम्भावना साथै तराई भूभागमा हुस्सुरकुहिरोको समेत सम्भावना रहेकाले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’
यस्तो छ आजको मौसमबारे महाशाखाको प्रक्षेपण
दिउँसोः तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।
रातिस् तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया