२७ फागुन २०८२
काठमाडौँ - फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । बुधबार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत केही क्षेत्रको मतगणना सम्पन्न भएसँगै दुवैतर्फको मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
िप्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सकिएको थियो । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, श्रम संस्कृति ३, राप्रपा र स्वतन्त्र एक उम्मेदवार निर्वाचित भएका थिए ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्यमा जुटेको छ ।
बुधबार दिउँसोसम्म आयोगले समानुपातिकतर्फ एक करोड ७ लाख ८५ हजार ८७६ मत गणना गरिसकेको जनाएको छ । गणनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ५१ लाख ५७ हजार १३० मतसहित अग्रता बनाएको छ ।
दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२, नेकपा ९एमाले० ले १४ लाख ५२ हजार ७५८ मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत पाएको छ ।
२०७९ को निर्वाचनमा ठुला बनेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल यो निर्वाचनमा दुवै निर्वाचन प्रणालीमा खुम्चिएका छन् । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ ल्याएको नेकपा एमालेको यो पटकको मत झन्डै आधाले घटेको छ । यो पटक एमालेले समानुपातिकमा १४ लाख ५२ हजार ७५८ मत मात्र पाएको छ ।
अघिल्लो चुनावमा ल्याएको मतको तुलनामा एमालेको यो पटकको समानुपातिक मत १३ लाख ९२ हजार ८८३ मतले घटेको छ ।
त्यस्तै, नेपाली कांग्रेसको समानुपातिक मत पनि अघिल्लो चुनावको तुलनामा घटेको छ । कांग्रेसले यो पटक १७ लाख ५४ हजार ६९५ मत पाएको छ । उसले २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २२५ मत पाएको थियो । अघिल्लो र यो चुनावमा कांग्रेसको समानुपातिक मतान्तर ९ लाख ६० हजार ५३० कम छ ।
समानुपातिकतर्फ दलहरूले पाएको मतको आधारमा उनीहरूका सांसद थपिनेछन् । जसअन्तर्गत रास्वपाका समानुपातिक सांसद ५७, नेपाली कांग्रेसका २०,एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४,राप्रपा ४, सांसद थपिने छन् । प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल सांसद २७५ मध्ये रास्वपाका १८२, कांग्रेसका ३८,एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपा ५ र स्वतन्त्र १ सांसद संसदमा रहनेछन् । स्मरणरहोस्, अघिल्लो निर्वाचनमा रास्वपाका २१ सांसद थिए ।
यो निर्वाचनमा जनमत, जसपा, लोसपा,नाउपा, नेमकिपा, जनमोर्चा राष्ट्रिय पार्टीको हैसियत बनाउन नसक्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उदाउन पुगेको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।
मानव अधिकार आयोगको निर्देशन- ग्यासको कृत्रिम अभाव भेटिन थाल्यो, कारबाही गर्नू
कोरला नाका जोड्ने सडक फेरि अलपत्र
काठमाडौं उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध
३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त
पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली
देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्छ : पराजुली
विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने
इन्धन हाहाकारको सन्निकट नेपाल, पाकिस्तानले गर्यो कार्यालदेखि विद्यालयसम्म बन्द
आधा घट्यो एमालेको समानुपातिक मत, अब कुन पार्टीका कति सांसद ?
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
प्रतिक्रिया