०७ फागुन २०८२
काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनमा सहभागी युवालाई उनीहरूको विद्रोहपछि कुन दल परिवर्तन भयो भनेर प्रश्न गरेका छन् ।
मोरङ–१ मा पर्ने केराबारीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २३ र २४ भदौमा भएको आन्दोलनमा सहभागी जेनजी युवालाई विद्रोहपछि कुन दल परिवर्तन भयो भनेर प्रश्न गरेका हुन् ।
‘भदौ २३ र २४ गतेको जेनजी विद्रोहले ‘समग्र क्षेत्रमा सम्पूर्ण परिवर्तन’ माग गरेको थियोे । राजनीतिमा परिवर्तन, सरकारमा परिवर्तन, दलहरूमा, प्रशासनमा अनि समाजमा परिवर्तन,’ शर्माले भने, ‘एउटा निर्णय या एउटा घोषणाबाट निश्चय नै सम्पूर्ण क्षेत्रमा परिवर्तन हुन सक्दैन, तर सुरूवात गर्न सकिन्छ । म जेनजी युवाहरूलाई सोध्न चाहन्छु– त्यो सुरुआत कसैले ग¥यो कि गरेन’
जेनजी युवाले आफ्नो घरमा बसेर एक्लै सोचे पनि अथवा ‘डिस्कर्ड’ मा जुटेर संवाद गरे पनि परिवर्तनको सुरूवात कहीँबाट भएको छ भने त्यो आशाको सुरूवात भएको उनको भनाइ थियो ।
‘त्यो कसले गरेको छ रु कुन दलले नेपाली समाजको एकएक असन्तुष्टिलाई विशेष महाधिवेशनमार्फत् पहिचान गरेर निदानको नवीन दृष्टि निर्माण गरेको छ रु,’ उपसभापति शर्माले प्रश्न गरे, ‘कुन दलले विगतका कमजोरीप्रति आत्मालोचना गरेको छ रु कुन दलले आफ्नो नेतृत्व परिवर्तन गरेर अघि आएको छ रु म जान्दछु– तपाईंहरूले चाहेको परिवर्तन भावनात्मक मात्रै होइन, वास्तविक हो १’
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया