२५ असोज २०८३
काठमाडौं- भोटेकोशीले बिनास लिल्ला मच्चाएको ठिक ढेड महिनापछि उहि शैलीमा उसैगरी गोरखामा बूढीगण्डकी नदीले वितण्डा मच्चाएको छ। उत्तरी क्षेत्रमा हिमपहिरो गएर खोलामा माटोसहितको लेदो मिसिँदा उर्लिएको बूढीगण्डकीले गोरखाका तीन पालिकाका दर्जनौ घरहरु र आरुघाट पुलसहित कयौँ पक्की र झोलुङ्गे पुल बगाएको छ ।
नेपालीको महानचाड दशैंको पहिलो दिन घटस्थापनाको बिहान साढे ४ बजे आएको कालो लेदोसहितको बाढीमा परेर हालसम्म १० जना वेपत्ता भएको जानकारी प्राप्त भएको छ ।
कसरी आयो अकस्मात भिषण बाढी ?
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा भन्ने ठाउँमा रहेको उङगिलुङ खोलामा गएराति करिब ४ बजेतिर एकाएक सुक्खा पहिरो खसेर नदी थुनियो। मौसम विज्ञान विभागका अनुसार उपल्लो हिमाली क्षेत्रमा कुनै भारी वर्षाको रेकर्ड थिएन। तर मनास्लु हिमाल क्षेत्रबाट खसेको ठूलो हिमपहिरो, सुक्खा पहिरो र ढुङ्गा–माटो मिसिएर कालो लेदोको रूपमा फुटेपछि बूढीगण्डकी नदीमा इतिहासकै सबैभन्दा भयावह बाढी सिर्जना भयो। एकाबिहानै गाउँलेहरू निद्रामै छँदा नदीको जलसतह अनपेक्षित रूपमा बढेर वरपरका बस्तीमा पस्यो।
बाढीको पहिलो प्रहारमै ठूलो जनधनको क्षति पुगेको छ ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुंगे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार, आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् ।
बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भ¥याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् । बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।
चुमनुब्री–३ सल्लेरीमा रहेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प पूरै बगेको छ। घटनालगत्तै गोरखाबाटै निर्वाचित सांसद एवं गृहमन्त्री सुधन गुरुङले नेपालले फेरि ’अर्को भयावह बाढी’को सामना गर्नुपरेको बताउँदै काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरेका छन्। यद्यपि, लेदो बाढी र खराब मौसमका कारण तत्काल अवतरण गर्न कठिन हुँदा उद्धार कार्य प्रभावित बनेको छ।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकीमा बाढी खतराको तह नाघेको र यो बाढी त्रिशूली नदी हुँदै बेनीघाट, मुग्लिन, चितवन र नवलपरासीसम्म पुग्ने भएकाले सम्पूर्ण तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च स्थानमा जान र उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
जलवायु परिवर्तनको मार र हिमाली क्षेत्रमा हिमपहिरो खसेर अकस्मात आउने यस्ता खतरनाक ’कालो लेदो बाढी’ले हाम्रा बस्ती र पूर्वाधारहरू कति असुरक्षित छन् भन्ने प्रस्ट पारेको छ। घटस्थापनाकै दिन ओछ्यानबाटै सर्वस्व गुमाएका पहाडी बस्तीका पीडितहरूको तत्काल उद्धार, राहत र बेपत्ताहरूको खोजीमा राज्यको संयन्त्र कति छिटो पुग्छ, त्यसको पर्खाइ सम्पूर्ण देशले गरिरहेको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया