१३ जेठ २०८३
काठमाडौं - नेपालमा झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो । कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ ।
यस वर्ष भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा बिजुली निर्यात भएको छ । आर्थिक सर्वेक्षण अनुसार यो फागुन २०८२ सम्मको तथ्यांक हो ।
जडित क्षमतामध्ये जलविद्युत् जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जा १ सय ४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित विद्युत् १०६।२४ मेगावाट पुगेको छ ।
त्यस्तै तापीय (थर्मल प्लान्ट) ऊर्जा ५३।४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधि मार्फत उत्पादित विद्युत् ६ मेगावाट उत्पादन भएको छ ।
यस अवधिमा नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् आयोजनाबाट ६६१.५७ मेगावाट, प्राधिकरणको सहायक कम्पनीमार्फत ७४८।४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित आयोजनाबाट २ हजार ५ सय ८७ मेगावाट गरी २०८२ फागुनसम्म ३ हजार ९ सय ९७ मेगावाट राष्ट्रिय ग्रिडमा जडान भएको छ ।
वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ । सामुदायिक उपभोक्ता समेत विद्युत् उपयोग गर्ने ग्राहक संख्या २०८२ असारसम्म ५७ लाख ८ हजार रहेकोमा २०८२ फागुनसम्म ५८ लाख ५९ हजार पुगेको छ ।
राष्ट्रिय प्रसारण लाइन ९६६ केभी र त्यसभन्दा माथिको लम्बाइ० २०८२ असारसम्म ७ हजार १ सय ६१ सर्किट किलोमिटर रहेकोमा २०८२ फागुनसम्म ७ हजार २ सय ८० सर्किट किलोमिटर पुगेको छ ।
२०८२ फागुनसम्म प्रसारण लाइन ९३३ केभी० ८ हजार २ सय २५ सर्किट किलोमिटर पुगेको छ । २०८२ असारसम्म वितरण लाइन ९४००र२३० भोल्ट० १ लाख ५६ हजार ७ सय ९० सर्किट किलोमिटर रहेकोमा २०८२ फागुनसम्म १ लाख ७३ हजार ४३ सर्किट किलोमिटर पुगेको छ ।
विभिन्न आयोजना निर्माणबाट आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ६ सय ६६ मेगावाट विद्युत थप उत्पादन भई नेपालको विद्युत क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान गरिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया