३० पुस २०८२
काठमाडौं - भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ ।
बुधबार उडान भर्ने तयारीमा रहेको उडान नं. ८५२ (कल साइन ) एन(एएमडी) को जहाजमा सवार यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलेका हुन् ।
बुद्ध एयरका अनुसार जहाजको ढोका खोल्ने यात्रु गौतमलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । उक्त घटनापछि उडान प्रभावित भएको छ ।
हवाई सुरक्षा मापदण्ड अनुसार आपतकालीन ढोका खोलिएपछि जहाजको विस्तृत प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था छ । जसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ । प्राविधिक टोलीले पूर्ण परीक्षण गरी उडानका लागि सुरक्षित रहेको सुनिश्चित गरेपछि मात्र उक्त जहाजले पुनः उडान भर्नेछ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया