२८ जेठ २०८३
काठमाडौँ - सर्वोच्च अदालतले विद्यार्थीका मोबाइल नष्ट नगर्न आदेश दिएको छ । बुधबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले परीक्षा हलभित्र भेटिएका मोबाइल नष्ट गर्ने कार्य नगर्न अन्तरिम आदेश दिएको हो ।
सिरहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट घडीहरु पानीमा डुबाएर नष्ट गरिएका थिए ।
प्रशासनको निर्देशन भन्दै १ करोड बढीका ९७ थान आईफोन, ४ सय ८९ थान एन्ड्रोइड फोन र ५ वटा स्मार्ट घडी० सामान नष्ट गरिएपछि अधिवक्ता अनिल कुमार साहसमेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा मोबाइल नष्ट गर्ने कार्यमा संलग्न अधिकारीलाई कारवाही गरी पीडित विद्यार्थीलाई क्षतिपूर्तिका लागि आदेश दिन माग गरिएको थियो । उक्त रिटमा विद्यार्थीका मोबाइल जफत गरेर नष्ट नगर्न आदेश जारी गर्दै सर्वोच्चले सिरहा घटनामा के भएको हो रु र रिटमा माग भएबमोजिम आदेश किन जारी नगर्ने रु विषयमा जवाफ पठाउन १५ दिनको म्याद दिएको छ ।
विद्यार्थीका मोबाइल नष्ट गरिएपछि हाल विद्यार्थी र विद्यार्थीका अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नष्ट भएका आफ्नो मोबाइल र घडीको क्षतिपूर्ति माग गरेका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया