१५ फागुन २०८२
काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यस पटकको होली पर्व घरभित्र मनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले सूचना निकालेर होली मनाउँदा शान्ति सुरक्षा र फागुन २१ गते हुने चुनावलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक ठाउँमा भीडभाड नगर्न आग्रह गरेको छ ।
धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो घर परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने बताउँदै प्रशासनले खुला सडक र सार्वजनिक ठाउँमा अनावश्यक भीड जम्मा नगर्न, जाँड–रक्सी बिक्रीरवितरण नगर्न अनुरोध गरेको छ ।
प्रशासनले चुनावलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको कार्यान्वयनमा जोड दिएको छ । सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारमा उम्मेदवारको चुनाव चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी–शर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख छ ।
होलीमा कसैको इच्छा विपरीत रङ्ग वा पानी हाल्ने, जाँड–रक्सी खाएर सार्वजनिक मर्यादा भङ्ग गर्ने, होहल्ला तथा अराजक गतिविधि गर्ने काम कानून विपरीत हुने प्रशासनले भनेको छ ।
यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया