०६ चैत २०८२
काठमाडौं - नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस गर्दै यस्तो उल्लेख गरेका हुन् ।
दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तिव्रताको तीव्र अपेक्षा बढ्यो,’ प्रतिवेदनमा उल्लेख छ, ‘तर सरकारको प्रस्तुति रह्यो( औसत । यसले नागरिक पंक्तिमा नयाँ विश्वास जगाउने परको कुरा, नयाँ आशासमेत जागृत हुन सकेन ।’
उनले कांग्रेस(एमालेको सरकार बन्दा भएको ७ बुँदे सम्झौतामा उल्लेख भएका कुराहरू सम्बोधन गर्न नसक्नु पनि चुनावमा पराजय हुनुको कारण मानेका छन् ।
‘दुई दलवको सरकार बन्दा ७ बुँदे सम्भौता उल्लेख थियो( संविधान समयानुकूल संशोधनको विषय । तर कार्यदलसम्म गठन भएन । संघीयतामा देश पुगेको दशक पुग्न लाग्दा पनि प्रदेशलाई दिनुपर्ने अधिकार दिन ढिलाइ रहिरह्यो । विद्यालय शिक्षा विधेयकका लागि शिक्षकले आन्दोलनमा उत्रिनुपर्ने, सम्झौतापछि पनि शिक्षा विधेयक, निजामती कर्मचारीसम्बन्धि विधेयक सहज टुंगोमा नपुग्ने । यी बसले तत् तत् क्षेत्रमा असन्तुष्टि चरम बन्दै गयो,’ प्रतिवेदनमा उनले उल्लेख गरेका छन्, ‘बजेट निर्माण गर्दा अर्घेल्याइँ भएको भन्दै चर्को असन्तुष्टि संसद्मै पोखियो । नागरिक पंक्तिमा त्यसले सकारात्मक सन्देश विल्कुलै दिएन ।’
उनले चुनावमा पराजित हुनुमा अर्को कारण सामाजिक सञ्जालको विषय पनि उल्लेख गरेका छन् ।
‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गठबन्धनको सहमति बेगर आयोग । गर्नुपर्ने काम नगर्ने, नगर्नुपर्ने कर्ममा हात हाल्ने गतिविधिले दुष्परिणाम जन्माउने हेक्का राखिएन । फलतस् त्यसले जेनजी विद्रोहका लागि जमिन तयार गर्यो । अनि अहिलेको पराजयको लागि वातावरण ।’
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया