१९ साउन २०८२
काठमाडौं- झन्डै ४ वर्षअघि एमाले फुटाएर नयाँ पार्टी गठन गरेका माधव नेपाल र झलनाथ खनालले एमाले फुटाउनुको कारण पुष्टि गर्न नसक्दै नेकपा एकिकृत समाजवादी पार्टी पनि फुटाउन तम्सिएका छन् । कि त छैनस की म छैन भनेजसरी मैदानमा उत्रिएका उनीहरु एक अर्कालाई खुइल्याउन मात्रै होइन पार्टीबाटै निस्किएर जा भन्ने तहमा पुगेका छन् ।
माधव नेपाल र झलनाथ खनालले २०७८ भदौं २ गते एमाले फुटाएर नेकपा एस गठन गरेका थिए। ०७९ को आमनिर्वाचनमा सहभागी नेकपा एसले एउटा महाधिवेशसमेत ग¥यो । यसबिचमा पटक-पटक सत्तामा पनि बस्यो । अहिले अकस्मात् अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालको कलह सतहमा देखिएको छ र मत्थर हुनेभन्दा तन्किँदै छ ।
नेता खनालले एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै गत बिहीबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा अभिव्यक्ति दिएपछि निरन्तर वादप्रतिवाद चलिरहेको छ । ‘जतिवेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म,’ खनालले भनेका थिए, ‘एमालेमा जुन विद्रोह गरियो, त्यो पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’
झलनाथले दिएको अभिव्यक्तिबारे थाहा पाएपछि अध्यक्ष नेपाल थामिएनन् । शुक्रबार विराटनगर पुगेका उनले खनालको अभिव्यक्तिको जवाफ फर्काउँदै पार्टी छाड्न नै चेतावनी दिए । ‘एमाले फुटाएर गल्ती गरियो भन्ने कुरा उहाँले बोल्नुभएको हो भने उहाँलाई पार्टीमा बस्ने नैतिकता छैन, उहाँले एमालेमै फर्किएको राम्रो ।’ नेपालले खनाल पार्टीका निर्णय उल्लंघन गर्नेमा ‘नम्बर वान’ रहेको आरोप पनि लगाए । खनालको अभिव्यक्तिले पार्टीको एकता र सिद्धान्तमाथि प्रश्न उठाएको भन्दै नेपालले आक्रोश पोखे ।
नेपालले एमालेमै फर्किन भनेपछि खनाल थप प्रतिवादमा उत्रिए । शनिबार केही पत्रकारमाझ उनले नेपाललाई तल्लो स्तरको चिन्तन रहेको नेताको संज्ञा दिए ।
‘उहाँ (नेपाल)ले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड् भनेर आदेश दिनुभएछ । उहाँले आदेश दिनेबित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ ? नेताले छाड्छ ?’ खनालले भने, ‘मैले त भव्य नेताका रूपमा हेरेको थिएँ उहाँलाई । तर, यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ ।’ यति मात्रै होइन खनालले उल्टै नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए पद त्याग्न पनि भने । त्यस्तै, उनले विद्रोहको पुष्टि गर्न नसके हामी गलत हुन्छौँ, वैचारिक, सैद्धान्तिक छलफल गरौँ भनेको प्रस्टीकरण पनि दिए ।
नेपाल–खनालको कलह सतहमा अंकुरण अहिले भए पनि बीजारोपण भने महाधिवेशनदेखि नै भएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । महाधिवेशनपछि गत पुसमा नेताहरूको कार्यविभाजन गर्दा विदेश विभाग प्रमुखमै आफ्नो निरन्तरता चाहेका थिए । तर, अध्यक्ष नेपालले वरिष्ठ नेता प्रमेश हमाललाई उक्त जिम्मेवारी दिएर खनाललाई स्कुल विभागमा पठाइए ।
त्यस्तै, संगठन विभाग चाहेका महासिचव घनश्याम भुसाललाई अनुमगनमा सीमित गरे । संगठन विभागमा वरिष्ठ नेता डा. बेदुराम भुसाललाई निरन्तरता दिए । यही वेला पार्टीमा प्रस्ट दुई लाइन देखिएको नेताहरू बताउँछन् । बाँकी भिडियोमा ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया