११ माघ २०८२
काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।
कांग्रेस एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।
मेचे नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् ।
एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन । तर रोशनी अहिले देशको माथिल्लो सदन ९राष्ट्रिय सभा० को उम्मेदवार बनेकी हुन् ।
रोशनीको यो राजनीतिक फड्कोको मुख्य कडी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर गरेको काम हो । ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गर्ने उनी एक्ली महिला हुन् ।
झापा मेचीनगर(१२ ९साविक धाइजन- ३० मा जन्मिएकी रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् । गृह जिल्ला र सीमान्तकृत समुदायको भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवालयमा राखेका थिए ।
नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनी सम्भवतः पहिलो व्यक्ति हुने छिन् । झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल लगायत क्षेत्रमा बसोबास गर्ने मेचे समुदायले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउँछ । यो समुदायका लागि रोशनीको यात्रा गौरवको विषय बनेको छ ।
पार्टीको प्रतिनिधि बन्न योग्यता नपुगे पनि उनको प्राज्ञिक योग्यता भने उच्च छ । २०५५ सालमा बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सकेकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कानुनमा स्नातक पनि गरेकी छन् । उनी अधिवक्तासमेत हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया