१४ कात्तिक २०८२
काठमाडौं- सरकारी र सार्वजनिक जग्गा कब्जा गरेर गोरख धन्दा चलाइरहेकाहरुविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फेरि आक्रमक बनेका छन् । काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिनको अल्मिेटम दिदै महानगरले नहटाए डोजर चलाउने चेतावनी दिएको छ ।
काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको थियो । गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने निर्णय गरेपछि महानगरले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना खाली गर्न वा हटाउन आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गर्दै आएको छ । कतिपय स्थानमा सफल भए पनि बागमती नदी किनारको सुकुमबासी वस्ती लगायतका संरचना भने हटाउन सकेको छैन ।
महानगरका मेयर बालेन शाहले तीन साता अघि आफू नेतृत्वमा आएपछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता ल्याएको बताएका थिए । उनका अनुसार कामठमाडौंमा मात्रै करिब २ खरव मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमणमा परेको छ। जसमा कतिपय भूमाफियाले हडपी खाएका छन् भने कति सुकुम्बासीका नाममा कब्जा भएको छ।
बागमति, मनोहरा, धोबी खोला , विष्णुमति लगायतका खोला किनारका सयौं रोपनी जग्गा विभिन्न ब्यक्तिहरुले कब्जा गरेका छन् । ती सबै खाली गर्ने योजना सहित काठमाडौं महानगरपालिकाले ७ दिने सूचना जारी गरेको छ । सूचना बमोजिम ७ दिन भित्र सरकारी र सार्वजनिक जग्गा खाली नगरे धमाधम डोजर चलाउने बालेनको तयारी छ ।
आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनेकी सुशिला कार्कीबाट ग्रिन सिंग्नल पाएपछि नै बालेन अघि बढेको स्रोतको दाबी छ। यसअघि उनको यो अभियान तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेका थिए ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया